२०८३ कार्तिक १३ गते बिहिबार

सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
photo-7_0bdd9c5e

मुगु: मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका ४५ वर्षीय रुप बहादुर सेजुवाल आफ्ना बुबाले गर्दै आएको मौरी पालनमा ब्यवसायलाई निरन्तरता दिइरहेका छन्।

पछिल्लो समयमा सरकारी निकायबाट मौरी पालन सम्बन्धित ज्ञान पाएपछि मुडे घारबाट सुधारिएको घारमा मौरी पालनबाट बार्षिक लाखौं आम्दानी गर्दै आएका छन्।

बिगतका बर्षहरूमा आफ्नै बुबाबाजेले गर्दै आएका सेजुवाल हिजोआज जिल्ला कृषि बिकास कार्यालय मुगुबाट मौरी पालनलाई थप सुधारको लागि केही प्राविधिक ज्ञानसहित आर्थिक अनुदान समेत प्राप्त गरेपछि उत्साहित छन्।

सेजुवाल बिहान सवेरैदेखि बेलुकासम्म मौरी घारमा नै व्यस्त देखिने गरेका छन्। उनी मौरीलाई दाना, घारमा सुरक्षा दिनेलगायतका काममा व्यस्त हुने गरेका छन्।

करिब ७० वटा परम्परागत घारमा मौरी पालन गरिरहेका उनले विगतमा कतैबाट आर्थिक तथा प्राविधिक सहयोग नपाएपनि आफ्नै पुर्खाले हासिल गरेको ज्ञान प्रयोग गरेर व्यवसाय गर्दै आइरहेका थिए।

तर पछिल्ला दिनहरूमा महको बजार पनि सुधार भएकाले अन्य पेशा भन्दा मौरी पालनबाट राम्रो आम्दानी भइरहेकाले यसमै सक्रिय भएको उनले बताए। उनले मौरी पालनबाट बार्षीक तीन लाख रुपैंयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए।

जिल्ला कृषि बिकास कार्यलयले २ लाख ५० हजार र आफ्नो २ लाख ५० हजार गरी पाँच लाख रुपैंयाँमा मौरीको सुधारिएको मौरी घार निर्माण गरिएको उनले सुनाए।

सुधारिएको घारमा हिजोआज १० समूह भन्दा बाढी मौरी प्रवेश गरिसकेका छन्। बिदेश जानुभन्दा पनि आफ्नै भूमिका कुनै पेशा गर्दा राम्रो फाइदा हुने रहेछ भन्ने उनले अनुभूति गरेको बताए। मौरी पालक कृषकहरूलाई सरकारले मौरी बीमा समेत गरिदिएकाले थप राहत मिलेको उनले बताए।

०४२ सालबाट मौरी पालन गर्दै आएका उनले ४० बर्षदेखि घरखर्च, वालबच्चा पढाइलगायतको खर्च धानिरहेको उनले बताए।

बिषेश गरी हिमाली जिल्ला मुगुमा मौरी पालन निकै राम्रो छ। धेरै मिहीनेत नचाहिने भएकाले कृषकहरू उत्साहित समेत छन्। तर मौरी पालनका लागि अन्य औजार उपकरणलगायतको सेवा सुविधा नपाएको कृषक लाल बहादुर रावलले बताए।

‘जिल्ला कृषि बिकास कार्यालय मुगुबाट प्रत्येक बर्ष मौरी पालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कार्यक्रम दिँदै आएका छौ। जिल्लाबाट १ करोड भन्दा बढीको मह उत्पादन भइ कारोवार भएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए।

प्रकाशित: २०८३ जेठ १४ गते बिहिबार ११:११
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना