काठमाडौँ- काठमाडौँ जिल्ला अदालतअघि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार काठमाडौँ जिल्ला अदातल परिसमार त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा प्रदर्शन र नाराबाजी गर्ने समाजवादी मोर्चाका कार्यकर्ता पक्राउ परेका हुन्।
यसअघि बृहत् नागरिक आन्दोलनको आह्वानमा भएको विरोधमा भने प्रहरीले पक्राउ गरेको थिएन। उनीहरूले विश्वविद्यालयलाई हिंसारहित बनाउन र उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिलाउन जिल्ला अदालत परिसरमा भेला भएर विभिन्न ब्यानर र पमप्लेट देखाएर प्रदर्शन गरिरहेका थिए।
चलाउनेमाथि आक्रमण गर्ने सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेसँगै चलाउनेको समर्थनमा आन्दोलन भएको हो।



े


बृहत् नागरिक आन्दोलनको प्रदर्शन





