२०८३ जेठ २३ गते शनिवार

पाँचतारे बन्न क्षमता बढाउँदै सब्रिना होटल, ‘ट्राइब’ ब्राण्डमा चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
sabrina

काठमाडौँ: सब्रिना होटेल लिमिटेडको क्षमता विस्तार भइरहेको छ। पाँचतारे होटलमा अपग्रेड हुन क्षमता विस्तारको काम सुरु भएको हो। निर्माण सकिएपछि होटलको क्षमता १०३ कोठा हुने भएको छ।

पर्यटकीय स्तरको होटल (टुरिस्ट स्ट्यान्डर्ड होटल) ४८ कोठाहरु सञ्चालनमा रहेका छन्। होटल सन् २०१८ मा सुरु भएर २०२० देखि सञ्चालनमा आएको हो।सुविधा सम्पन्न होटेलको रूपमा सञ्चालनमा आउनेछ। होटल तीन रोपनी जग्गामा रहेको छ। होटल बनाउन सब्रिनाले एक अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ।

स्तरोन्नतिपछि होटेलमा तीन वटा रेस्टुरेन्ट रहने भएको छ। रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुने सब्रिना होटलले जनाएको छ। कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरी स्तरोन्नति भइरहेको छ। स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम र क्यासिनोलगायतका आधुनिक सबै सुविधा रहने होटलले जनाएको छ।

प्रिमियम होटल परियोजनाहरूलाई सामान्यतया निर्माणको लागि तीन देखि चार वर्ष लाग्छ। त्यसपछि सञ्चालन स्थिरीकरणका लागि थप दुईदेखि तीन वर्ष लाग्छ।

पाहुनाहरूलाई आकर्षित गर्न, अकुपेन्सी स्तर कायम राख्न, औसत कोठा दरहरू बढाउन र अनुमानित सञ्चालन कार्यसम्पादन प्राप्त गर्न प्रतिष्ठित विश्वव्यापी आतिथ्य ब्रान्डसँगको यसको सम्बन्धलाई लाभान्वित गर्नु क्रेडिट दृष्टिकोणबाट महत्वपूर्ण हुनेछ।

होटल ‘ट्राइब’ ब्राण्डमा चल्ने
साब्रिना होटेल लिमिटेडले काठमाडौँको बुढानीलकण्ठस्थित गणेश चोकमा रहेको छ। होटेल अब ट्राइब ब्रान्डमा चल्ने भएको छ। ट्राइब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुपको एकोरको ब्राण्ड हो।

साब्रिना होटेल र ट्राइब होटेलबीच दुई साताअघि भारतको राजधानी नयाँ दिल्लीमा व्यवस्थापन सञ्चालन सम्झौता भएको हो। ट्राइब ब्रान्डको दक्षिण एसिया मै पहिलो होटल प्रोपर्टी हुने भएको छ। नेपालमा एकोरकै मरक्यूर ब्राण्ड राजधानीको सुकेधारमा पाँचतारे होटल सञ्चालनमा छ।

सब्रिना होटेलका अध्यक्ष निराजन थापा रहेका छन्। उनले एकोरसँग साझेदारी गरी नेपालमा ट्राइब ब्रान्ड ल्याउन पाउँदा अत्यन्त खुसी भएको बताएका छन्।

ट्राइब ब्राण्ड यसको आधुनिक डिजाइन, व्यवहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय अनुभवका लागि विश्वभर चर्चित छ। विश्वभर ट्राइब ब्रान्डका २७ होटेल सञ्चालनमा छन्। ट्राइबको उपस्थिति थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशमा रहेको छ।

४७ करोडको आईपीओ जारी गर्ने
सब्रिना होटेलले निकट भविष्यमा सर्वसाधारणलाई सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ ल्याउन होटलले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको जनाएको छ।

आईपीओ जारी गर्न दुई वर्षअघि सब्रिना होटल पब्लिक लिमिटेडमा परिणत भएको हो। हाल होटलको जारी पुँजी एक अर्ब १२ करोडबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ कायम गरिएको छ।

जसमध्ये ७४ करोड ९६ लाख संस्थापक समूहको स्वामित्व रहने गरी लगानी संरचना बनाइएको छ। होटलले ४७ करोड रुपैयाँ बराबरको ४७ लाख कित्ता आईपीओ निष्कासन गर्ने तय भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

होटल निरन्तर नोक्सानमा
सब्रिना होटल सञ्चालनमा आएको चार आर्थिक वर्षदेखि निरन्तर नोक्सानमा सञ्चालन भइरहेको छ। होटलले गत वर्ष सात करोड रुपैयाँको व्यवसाय गरेको थियो।

यस्तै २०२४ मा छ करोड ५० लाख र २०२३ मा आठ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार १२:२२
प्रतिक्रिया

थप समाचार

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

भोजपुर। भोजपुरको अरुण गाउँपालिका ७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। छ वर्ष मलेसियामा रोजगारी...

स्वस्तिक आयलको मुद्दामा तेलको गुणस्तर परीक्षण र मापदण्डबीच भिन्नता, प्रयोगशालासँग जवाफ माग

काठमाडौं। राजस्व न्यायाधीकरण विराटनगर इजलासले केएल दुगड ग्रुपले सञ्चालन गरिरहेको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको एक भन्सार मूल्याङ्कनसम्बन्धी मुद्दामा भन्सार विभाग प्रयोगशाला...

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी, पीपीए नभए एक खर्ब डुब्ने

काठमाडौं। ऊर्जा उत्पादकहरुले हालसम्म जलविद्युत उत्पादनमा १३ खर्ब १० अर्ब रुपैयाँ बढी लगानी गरिसकेका छन्। यो लगानी स्वपुँजी र बैंक तथा वित्तीय संस्थाहरुबाट भएको हो। हालसम्म जडित क्षमता बढेर...

बिलेटका साथै स्टील उत्पादन क्षमता बढाउँदै हामा ग्रुप, विनायक स्पातमा सवा दुई लगानी

हामा ग्रुपअन्र्तगतको विनायक स्पातले दुई अर्ब २७ करोड रुपैयाँ थप लगानी गरेर स्टिलको कच्चा बस्तु बिलेटका साथै टिएमटी बार उत्पादन गर्ने भएको हो। उद्योगको हालसम्म ६४ प्रतिशत वित्तीय प्रगति भएको...

‘पर्यटन पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ’

काठमाडौं। लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको...
diwakar_poudel
आर्थिक नीति

मध्यपूर्वमा युद्धको राप र रेमिट्यान्सको भविष्य

मध्यपूर्वमा चुलिएको द्वन्द्वले त्यहाँ पसिना बगाइरहेका लाखौँ नेपालीको सुरक्षामा मात्रै प्रश्न उठाएको छैन, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा समेत अनिश्चितताको बादल मडारिदिएको...
narayan_adhikari_poto
बैंकिङ

सस्तो पैसाको मूल्यः घरजग्गामा फसेको लगानी र बैंकिङ भविष्य

बैंकहरूको एनपीएल औसतमा ४–५ प्रतिशत पुग्नु भनेको वित्तीय प्रणालीका लागि चेतावनीको घण्टी मात्र होइन, यो शुद्धीकरणको अनिवार्य अवसर पनि हो । अब लालपुर्जा हेरेर होइन, व्यवसायको वास्तविक नगद प्रवाह...
pradhan
समाज

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन

काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ।...
manang_marsyangdi
पूर्वाधार

राष्ट्रिय ग्रिडसँग जोडिँदै मनाङ, ३३ अर्ब ३८ करोडमा बन्दै मनाङ-मर्स्याङ्दी जलविद्युत्‌ आयोजना

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता भएको थियो। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५...
atharv
उद्योग

८३ करोड लगानीमा रौतहटमा अथर्व टेक्सटाइल सञ्चालनमा आउँदै, असारदेखि कपडा उत्पादन थाल्ने

रौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना