२०८३ कार्तिक २८ गते शुक्रबार

नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २१
0583bb3c-f9e0-4413-a72b-6c3fd76c95d1

सिड्नी: कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा लागिरहेका बेला अष्ट्रेलियामा नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ। एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी नेटवर्क विस्तारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कार्यक्रममा २० देशका ७०० भन्दा बढी नेपाली युवा उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आगामी जुलाई २४ र २५ मा सिड्नीस्थित सोफिटेल होटलमा हुने उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली यूवा उद्दमी महासंघ फिने आईईसी (अन्तर्राष्ट्रिय कार्य समिति) को आयोजनामा आयोजना गर्न लागेको हो, जसको सञ्चालन फिने अष्ट्रेलियाले गर्नेछ।

कार्यक्रममा नेपाल र अष्ट्रेलियाका सरकारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, प्रतिनिधिसभा सदस्य सुशील खड्का, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट, महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, बैंकर तथा लिड नेपाल एनआईसीका अध्यक्ष अनिल केशरी शाह, आइडिया स्टुडियोका संस्थापक छिरिङ लामा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डे, डाटा बैज्ञानिक भोजराज घिमिरे, युवा बैज्ञानिक राम लक्ष्मण रिमाल लगायतको उपस्थिति रहनेछ। कार्यक्रमलाई अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नेछन्।

त्यसैगरी, अष्ट्रेलियाका वित्तमन्त्री तथा साना तथा मझौला उद्यम मन्त्री सहित ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले विभिन्न विषयमा आफ्ना अनुभव र विचार प्रस्तुत गर्नेछन्।

कार्यक्रममा एआई, प्रविधि, स्टार्टअप, लगानी, नवप्रवर्तन तथा विश्वव्यापी व्यवसायिक सम्भावनाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी एआईको बढ्दो प्रभावबीच नेपाली युवाहरूले नयाँ प्रविधिमैत्री व्यवसाय तथा स्टार्टअप निर्माण गर्ने सम्भावनाबारे अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्नेछन्।

यसै क्रममा नवप्रवर्द्धनका लागि ३५ लाख रुपैयाँ बराबरको एआई स्टार्टअप प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको लागि पहिलो मापदण्ड नेपाली स्वामित्वमा रहेको कृत्रिम बुद्धिमत्ता (एआई) आधारित कम्पनी हुनुपर्नेछ। प्रतियोगिताको बिस्तृत जानकारी फिनेकाे वेभसाइटबाट प्राप्त गर्न सकिने छ।

प्रकाशित: २०८३ जेठ २१ गते बिहिबार ०३:४७
प्रतिक्रिया

थप समाचार

WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
Kerung_ktm_train
विचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...
usd
आर्थिक नीति

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।
tihar
कर्पोरेट

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना