२०८३ कार्तिक १२ गते बुधबार

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
pradhan

काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ। वातावरण संरक्षण तथा मर्यादित अन्तिम संस्कार संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त शवदाह गृह शुक्रबार बनेपामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

स्वर्गीय हजुरबुवा लालप्रसाद प्रधान, हजुरआमा समकुमारी प्रधान, पिता हिरालाल प्रधान तथा माता सन्तुदेवी प्रधानको स्मृतिमा नेपाल अभिवृद्धि केन्द्रद्वारा स्वदेशमै निर्माण गरिएको शवदाह गृह रोटरियन इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानको अग्रसरतामा सम्पन्न भएको हो।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को पहलमा आयोजित हस्तान्तरण समारोहमा प्रमुख अतिथिका रूपमा डिस्ट्रिक्ट गभर्नर रोटरियन विनोद कोइराला उपस्थित थिए। कार्यक्रममा वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. मनोहरलाल श्रेष्ठ, मिस नेपाल लुना लुइँटेल (२०२५), बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

बनेपा नगरपालिका, काठमाडौं रोटरी क्लब तथा रोटरी क्लब अफ बनेपाको संयुक्त सहकार्यमा सम्पन्न परियोजनाले परम्परागत दाहसंस्कारका क्रममा हुने काठको अत्यधिक प्रयोग न्यूनीकरण गर्नुका साथै वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आधुनिक प्रविधिमा आधारित उक्त शवदाह गृहले वातावरणमैत्री, व्यवस्थित तथा सम्मानजनक अन्तिम संस्कार सेवाको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका वक्ताहरूले वातावरण संरक्षण र दिगो विकासका लागि यस्ता परियोजनाहरू स्थानीय तह र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने स्थानीय समुदाय, दातृ संस्था तथा सहयोगी व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ। परियोजना विशेषगरी आरण्य नेचर रिसोर्टको सौजन्य तथा स्थानीय सरोकारवालाहरूको सक्रिय सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

व्यवसायी प्रधान तथा उनको परिवारले विद्युतीय शवदाह गृह बनाउन १० करोड रुपैयाँ दान दिने भएको छ। विभिन्न १० स्थानमा शवदाह गृह बनाउन व्यवसायी प्रधानको परिवारले सो रकम दिएको हो।

ज्ञानेन्द्रलालका साथै डा. बिमला प्रधान, नमिता प्रधान, चेतन प्रधान र अबनभ जोशीले ट्रस्टमार्फत सो रकम दान गर्ने भएका छन्। सोही ट्रस्टमार्फत १० देखि १२ करोड रुपैयाँ दान गर्ने योजना रहेको प्रधानले बताएका थिए।

अहिलेसम्म विभिन्न स्थानमा आधा दर्जन शवदाह गृह बनाउने काम सुरु भइसकेको छ। प्रधानले सामाजिक उतरदायित्व (सिआरएस) अन्र्तगत सो रकम शवदाह गृह बनाउन दान गर्ने घोषणा गरेका हुन् ।
प्रधानको जलविद्युत, सेयर र पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी रहेको छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ११:०१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना