२०८३ कार्तिक २३ गते आईतबार

नेपालमा आधिकारिक सेवा सुरु, काठमाडौँमा चल्न थाले बाइक र कार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
photo-8_fbcd4226

काठमाडौँ: विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ। कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एशियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो।

उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११औँ बजार बनेको छ। कम्पनीले काठमाडौंमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र सशक्त पर्यटन क्षेत्र भएको सम्भावनायुक्त बजारका रूपमा चित्रण गरे। उनले नेपालमा उबरको प्रवेश दक्षिण एशियामा कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए।

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा उबर सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौं। नेपाल हाम्रो विश्वव्यापी मोबिलिटी सञ्जालको महत्वपूर्ण हिस्सा बनेको छ। हामी यात्रु, चालक तथा पर्यटकहरूको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको यातायात क्षेत्रको विकासमा योगदान दिन चाहन्छौं।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन यसले सहयोग पुग्ने बताए।

यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देलले उबरको प्रवेशले नेपालको आर्थिक सम्भावना र डिजिटल पूर्वाधारप्रतिको अन्तर्राष्ट्रिय विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। स्मार्ट मोबिलिटी समाधानले शहरी यातायात व्यवस्थापन, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उनको भनाइ छ।

कम्पनीका अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ता संख्या वृद्धि, शहरीकरण, पर्यटन विस्तार तथा सहज यातायात सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको हो।

सन् २०१० मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा छ। कम्पनीले हालसम्म ७५ अर्बभन्दा बढी यात्रा सेवा प्रदान गरिसकेको जनाएको छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ०२:३१
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना