२०८३ कार्तिक ११ गते मङ्गलबार

फ्रन्टलाइनको क्षमता विस्तार अन्तिम चरणमा, आईपीओबाट १०० बेडको क्यान्सर सेन्टर बनाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
frontline_hospital_1

काठमाडौँ: निजी क्षेत्रबाट सञ्चालित नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले फ्रन्टलाइन हस्पिटलको क्षमता बढाउन पूर्वाधार निर्माण गरिरहेको छ। हस्पिटलको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

हालसम्म ८७ प्रतिशत काम सकिएको नोबेल कलेजले जनाएको छ। पूर्वाधार सकिएपछि हस्पिटलको क्षमता बढेर दुई सय बेड पुग्नेछ। फ्रन्टलाइन हस्पिटलले हाल १०० बेड सञ्चालन गरिरहेको छ।

नोबेल कलेजले क्यान्सरको उपचार गर्न फ्रन्टलाइन हस्पिटलको थप क्षमता बढाउने भएको छ। कम्पनीले १०० बेडको क्यान्सर सेन्टर बनाउने भएको हो। क्यान्सर सेन्टरको काम प्रारम्भीक चरणमा रहेको नोबले कलेजले जनाएको छ। फ्रन्टलाइन ब्रान्डको नामबाट सञ्चालित अस्पतालको हालको क्षमता एक सय शय्या रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

क्यान्सर सेन्टर बनाउन नोबेल कलेजले साधारण सेयर (आईपीओ) जारी गरी लगानी जुटाउने भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको छ। नोबेल कलेजले जारी पुँजीको २८.५७ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ। संस्थापक समूहअन्तर्गत ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ।

थप सेवा विस्तारका लागि, निर्माणको चरणमा रहेको थप दुई सय बेड क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइने अस्पतालका लागि थप पुँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीले जानकारी दिएको छ।अस्पतालले स्नातक तहसम्म नर्सिंङ तथा फार्मेसलगायतका शैक्षिक गतिविधिहरू पनि सञ्चालन गर्दै आइरहेको छ।

नौ महिनामा साढे ४४ करोड कारोबार

नोबेल कलेजले चालू आर्थिको नौ महिनामा व्यापार बढेर ४४ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत वर्ष ४३ करोड ३० लाख रुपैयाँ मात्र व्यापार गरेको थियो। कम्पनीले नौ महिनामा गत वर्षको भन्दा बढी कारोबार गरेका सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

२०२४ मा २६ करोड ९० र २०२३ मा ३४ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो। कारोबार बढेसँगै नोबेल कलेजको मार्जिन पनि बढेर २२.९१ प्रतिशत पुगेको छ। गत वर्ष २०.७९, २०२४ मा १६.९२ र २०२३ मा १७ प्रतिशत मार्जिन थियो।

गत आर्थिक वर्ष २०२५ मा औसत २८ प्रतिशत अकुपेन्सी थियो। यो वर्षको नौ महिनामा अकुपेन्सीदर बढेर ४९ प्रतिशत पुगेको छ। जसले गर्दा नौ महिनामा कारोबार बढेको हो। सञ्चालनको क्रमिक वृद्धि र बिरामीको आगमनमा सुधारले समर्थन गर्दछ।

सन् २००६ मा स्थापित नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसनले सुरुमा प्यारामेडिकल, व्यवस्थापन र सम्बद्ध विषयहरूमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको थियो।

सन् २०११ मा नोबेल अस्पतालअन्तर्गत स्वास्थ्य सेवाहरू सुरु गर्दै शैक्षिक सञ्चालन र आधारभूत स्वास्थ्य सेवा वितरणलाई समर्थन गर्न १०० शैयाको क्षमता फ्रन्टलाइन हस्पिटल सञ्चालन गरिरहेको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयबाट २०० शय्याको अस्पतालको लागि आशयपत्र (एलओआई) प्राप्त गरेको थियो। नोबेल कलेजले फ्रन्टलाइन अस्पतालको स्थापनासँगै कर्पाेरेट स्वास्थ्य सेवा दिन थालेको हो। कम्पनीको अध्यक्ष नवराज पाण्डे रहेका छन्। कम्पनीमा उनको हिस्सा ४०.२७ प्रतिशत छ।

स्वास्थ्य बिमा सेवा, जीवनशैलीसँग सम्बन्धित रोगहरूको बढ्दो र स्तरमा सुधारले हस्पिटलमा विरामीको संख्या बढ्दै गएको छ। यसबाहेक कम्पनीले घना जनसंख्या भएको काठमाडौं उपत्यका भित्र यसको रणनीतिक रूपमा अवस्थित बहुविशेष (मल्टिस्पेसियालिटी) अस्पतालबाट लाभ उठाउने संभावना छ।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार १२:४२
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना