२०८३ कार्तिक २२ गते शनिवार

‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
mobile

काठमाडौँ: नेपाल मोबाइल व्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।

महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको मर्यादा कायम नभएको निहुँमा अन्य विकल्पमा नगएर मोबाइल जफत गरी नष्ट गर्ने कार्य गर्नुलाई जायज मान्न नसकिने बताउँदै सो घटनाको सत्यतथ्य छानबिन गरि विद्यार्थीहरुलाई न्याय दिन माग गरेको छ।

यस्तै पानीमा डुबाउँदैमा ती मोबाइलका चिप्स नष्ट नहुने र त्यसका लागि नेपालमा कुनै विधि नभएको हुँदा डाटा चोरी हुनसक्ने जोखिम रहेको पनि महासंघले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

‘मोबाइल फोनको सन्दर्भमा हाम्रो आफ्नो उत्पादन क्षमता नभएको र अन्तर्राष्ट्रिय बजारबाट आयातमा नै निर्भर रहनुपर्ने अवस्थामा यो घटनाले नेपालीलाई थप आर्थिक भार थोपर्ने हाम्रो बुझाइ छ। यस्तै ती मोबाइल फोनमा भएका सम्बन्धित ब्यक्तिका निजी डाटाहरु पनि नष्ट भएका छन, जुन कुनै मूल्यसँग तुलना नै हुँदैन, यो अत्यन्तै गम्भीर विषय हो,’ महासंघका अध्यक्ष रमेशकुमार घिमिरे र महासचिव छतेन्द्र आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ती मोबाइलमा भएका चिप्सहरु पानीमा डुबाउँदैमा नष्ट नहुने र त्यसलाई नेपालमा नष्ट गर्ने कुनै विधिको अभ्यास पनि नभएको हुँदा त्यसको जिम्मेवारी अब कसले लिने भन्ने गम्भीर प्रश्न खडा भएको छ। अब ती मोबाइलमा प्रयोग भएका डाटासमेत चोरी हुने जोखिम छ।’

महासंघले ती मोबाइलको मूल्य १ करोड भन्दा बढी हुन आउने र त्यसले देशको अर्थतन्त्रलाई समेत घाटा बनाएको दाबी गरेको छ।

यसैगरी महासंघले प्रयोग भइसकेका मोबाइल फोनहरुको दोस्रो विक्री (सेकेन्ड ह्यान्ड) कारोबारलाई वैध बनाउन पनि सरकारसँग माग गरेको छ। यसो गर्दा निश्चित रकम सरकारको राजश्वमा जम्मा हुने विधि अपनाउन सकिने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने हुँदा देशको ठूलो धनराशि जोगिने महासंघको दाबी छ। यस्तो अभ्यास विदेशका केही मुलुकमा रहेको पनि महासंघले बताउँदै आइरहेको छ।

सिराहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट सातवटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँचवटा स्मार्टवाच खोसिएको थियो। यस्तै यी सामग्री जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेकोथियो।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार ०५:१९
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना