२०८३ कार्तिक १३ गते बिहिबार

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल, १० जनालाई रोजगारी प्रदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २६
nursery
फिक्कल: इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको अधिकांश समय नर्सरीमै बित्ने गरेको छ। बिहानदेखि साँझसम्म उनी नर्सरीका बिरुवाको स्याहारसुसार, मलजल गर्ने, ग्राहकको माग व्यवस्थापन तथा बिरुवा बिक्रीवितरणमै व्यस्त छन्।
उनले १० वर्षअघि स्थापना गरेको ‘बाङदेल नर्सरी सेन्टर’ आज जिल्लास्तरमा गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्रीका लागि परिचित बन्दै गएको छ। यही नर्सरी व्यवसायबाट उनले राम्रो आम्दानी गर्दै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्।
उनले विभिन्न प्रजातिका बिरुवा बिक्री गरेर वार्षिक करिब रु ३० लाख आम्दानी गर्दै आएका छन्। विगत १० वर्षदेखि बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आउनुभएका बाङदेलले कफीसहित विभिन्न वन तथा फलफूलजन्य प्रजातिका बिरुवा उत्पादन गर्दै आएका छन्। गुणस्तरीय बिरुवा उत्पादन र व्यावसायिक नर्सरी सञ्चालनमार्फत उनी जिल्लाकै सफल तथा नमूना बिरुवा उत्पादक किसानको रूपमा परिचित बनेका छन्।
स्थानीय फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा उनले बिरुवा उत्पादनका लागि नर्सरी स्थापन गरेका छन्। उनको नर्सरीमा कफीसहित वनजन्य लाम्पाते, सिमल, पानीसाज, खयर, खमारी, रुद्राक्ष एवं फलफूलजन्य एभोकार्डो, कागती, आँप, लिचीलगायतको बिरुवा उत्पादन हुँदै आएको छ।
उनले सबैभन्दा धेरै कफी र लाम्पातेको बिरुवा उत्पादन गर्दै आएका छन्। उनले टनेलभित्र कफी र लाम्पातेको बिरुवा ३०–३० हजार बोट, पानीसाज र खमारीको बिरुवा १०–१० हजार बोट, सिमल, खयर र रुद्राक्षको बिरुवा दुई–दुई हजार बोट तथा आँप, लिची, एभोकाडो र कागतीको बिरुवा एक–एक हजार बोट उत्पादन गरी बिक्री गर्दै आएका छन्।
उनका अनुसार कफीको बिरुवा जमिनको प्रतिगोटा रु २० का दरले र पोलिब्यागको प्रतिगोटा रु २५ का दरले नर्सरीबाटै बिक्री भइरहेको छ। अन्य वन तथा फलफूलजनन्य बिरुवा सबै प्रतिगोटा रु ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको छ।
सिजनमा बिरुवा लिन नर्सरीमै आउनेको घुइँचो लाग्ने गरेको उनले बताउँछन्। ‘कफीसहित वन तथा फलफूलजन्य बिरुवा बिक्रीबाट वार्षिक रु ३० लाख आम्दानी हुँदै आएको छ’, उनले बताए, ‘अहिले धान्न नसकिनेगरी बिरुवाको माग आउन थालेको छ, यहाँ उत्पादित बिरुवा इलामसहित तथा बाहिरका समेत जाने गरेको छ।’
बिरुवा इलामका विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानहरूले खरिद गरी लैजाने गरेको उनको भनाइ छ। त्यस्तै पूर्वका पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुरदेखि पश्चिम पाल्पा तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेको उनले बताए। बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ।
उनको नर्सरी सेन्टरबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीय १० जनाले दैनिक ज्यालादारीमा रोजगारीसमेत पाएका छन्। ‘नर्सरी सेन्टरमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक १० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको छु’, उनले भने, ‘आफू स्वरोजगार भइ अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ।’
उनले पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर बिरुवा उत्पादन सुरु गरेको बताउँछन्। ‘बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसियक रूपमा बिरुवा उत्पादन सुरु गरेको हुँ’, बाङदेल भन्छन्, ‘निरन्तरता दिएर नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ। म आफ्नो व्यवसायबाट सन्तुष्ट छु।’
कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ। कफी र लाम्पातेलाई प्राथमिकतामा राखेर धेरैभन्दा धेरै बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी विस्तार गर्ने योजनामा रहेको उनले बताए। छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादन व्यवसायलाई नै निरन्तरता दिने उनको भनाइ छ।
प्रकाशित: २०८३ जेठ २६ गते मङ्गलबार ०३:५४
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना