२०८३ कार्तिक १३ गते बिहिबार

काठमाडौँलाई खुला तथा जीवन्त सङ्ग्रहालय बनाइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३१
photo_4c5a357f

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौँलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।

आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्।

महानगरले काठमाडौँका मठ, मन्दिर, बहाल, बही, हिटी (ढुङ्गेधारा), पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ।

कार्यवाहक नगर प्रमुख डङ्गोलले भनिन्, ‘हाम्रो समृद्ध इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण नै पर्यटन विकासको मुख्य आधार हो। यी सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित र आकर्षक बनाउनेछौँ।’

महानगरले पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न नवीन कार्यक्रमहरू अघि सारेको छ। प्राचीन बस्तीहरूमा होमस्टे सञ्चालन गर्न स्थानीयलाई प्रोत्साहन गरिनेछ। यसले स्थानीय संस्कृति र परिकारको स्वाद लिन चाहने पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ।

विदेशी पाहुनाहरूलाई समेत आकर्षित गर्ने गरी ‘अन्तर्राष्ट्रिय काठमाडौँ फिल्म फेस्टिवल’ आयोजना गरिनेछ। साथै, परम्परागत खाना महोत्सव र कला प्रदर्शनी (एक्सपो) मार्फत काठमाडौँको मौलिक कला र शिल्पको विश्वव्यापी प्रचार गरिनेछ। अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन दिनेछ।

इन्द्रजात्रा र सेतो मच्छिन्द्रनाथ जात्राजस्ता महत्त्वपूर्ण सांस्कृतिक जात्राहरूको मार्गमा सम्पदा–मैत्री फुटपाथ निर्माणमा महानगरले विशेष प्रोत्साहन गर्ने भएको छ।

यस्तै, अमूर्त सांस्कृतिक सम्पदाहरू (जात्रा, पर्व, बाजा, सङ्गीत) लाई युनेस्कोको ‘आइसिएच’ सूचिमा समावेश गर्न पहल गर्ने योजना महानगरको छ। साथै, ‘येँ देय् सांस्कृतिक छें’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

महानगरले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महानगरले ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गर्ने भएको छ। यसका साथै, सहरलाई थप सुन्दर र वातावरणमैत्री बनाउन ‘चराचुरुङ्गीमैत्री’ अभियानअन्तर्गत पानी पात्र स्थापना गरिने र ऐतिहासिक ढुङ्गेधारा तथा पोखरीहरूको संरक्षणमार्फत जल–पर्यटनको अवधारणालाई अगाडि बढाउने नीति लिएको छ।

काठमाडौँ महानगरपालिकाले अघि सारेका यी कार्यक्रमहरूले सहरको मौलिक पहिचान जोगाउँदै आन्तरिक र बाह्य पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

प्रकाशित: २०८३ जेठ ३१ गते आईतबार ०३:२०
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना