२०८३ कार्तिक ११ गते मङ्गलबार

गोल्छा ग्रुपको बजाज मोटरसाइकल व्यापारमा उछाल, नौ महिनामा साढे १६ अर्ब कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
bajaj

काठमाडौँ: गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीको बजाजलगायत विभिन्न ब्राण्डको मोटरसाइकल व्यापार बढ्दै गएको छ।शेखर गोल्छाको बहुमत स्वामित्व रहेको हंसराज हुलासचन्दले चालू आर्थिक वर्षको नौ महिनामा १६ अर्ब ४६ करोड रुपैयाँको मोटरसाइकल व्यापार गरेको छ। गत वर्ष सन् २०२५ मा कम्पनीको मोटरसाइकल व्यापार १५ अर्ब ६६ करोड रुपैयाँ थियो।

नौ महिनामा कम्पनीको व्यापार गत वर्षको भन्दा बढी भएको छ। २०२४ मा कम्पनीले १० अर्ब ६७ करोड र २०२३ मा १० अर्ब ७६ करोड रुपैयाँको मोटरसाइकल र सर्वो मोबिल व्यापार गरेको थियो।

हालै ट्रायम्फ मोटरसाइकल र चेतक इलेक्ट्रिक स्कूटर मोडेलहरू उत्पादन विविधीकरण भएको छ। कम्पनीको उत्पादन केन्द्रीकरण जोखिम पनि यसको उच्चतम बिक्री हुने मोडेल पल्सरमा उल्लेखनीय आम्दानी निर्भरतासँग चिन्ताको विषय बनेको छ।

यद्यपि, हंसराज हुलासचन्दले हालै सर्वो लुब्रिकेन्ट ब्लेन्डिङ युनिटमा प्रवेश गरेको छ। जसले आय विविधीकरण प्रदान गर्न सक्छ। त्यसैले यसको बिजनेस हेर्न बाँकी छ।

रेटिङका लागि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार हंसराज हुलासचन्दको मोटरसाइकल व्यापार निरन्तर उकालो लागेको छ। सन् २०२३ र २०२४ को कमजोर मागका बाबजुद कम्पनीले पछिल्ला वर्षमा राम्रो व्यापार गरेको देखिन्छ।

गोल्छा ग्रुपले नेपालमै थाल्यो सर्भो लुब्रिकेन्टको उत्पादन, लगानी करिब ६० करोड

२०२५ मा कम्पनीको वार्षिक व्यापार वृद्धि ४७ र नौ महिनामा ४० प्रतिशत रहेको छ। व्याकवार्ड इन्टिग्रेसनअन्तर्गत एसेम्बल प्लान्टले मार्जिनमा दबाब सिर्जन गरे पनि कम्पनीले सेयरधनीलाई २०२४ मा ७८ र २०२५ मा १८६ प्रतिशतसम्म अन्तरिम लाभांश दिएको छ।

सन् १९८८ देखि हंसराज हुलासचन्द भारतीय बजाज कम्पनीको बजार मोटरसाइकलको अधिकृत बिक्रेता हुँदै आएको छ। कम्पनी बजाज दुई पांग्रे नेपालमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल ब्रान्डको रूपमा विकास गर्न सक्षम भएको छ। कम्पनीसँग देशभर ३०० भन्दा बढी बिक्री आउटलेटहरूको स्थापित र फराकिलो बिक्री सञ्जाल छ।

यसबाहेक, तीन पाँग्रे खण्डमा पनि बलियो बजार स्थिति कायम राखेको छ। जसले आर्थिक वर्ष २०२५ देखि माग प्रवृत्तिमा सुधार भएको रिपोर्ट गरेको छ। यद्यपि, कम्पनीले होन्डा, हिरो, यामाहा, टिभिएसलगायत स्थापित पुराना ब्रान्डहरूसँग कडा प्रतिस्पर्धा गरिरहेको छ।

कम्पनीले नेपालमा एसेम्बर प्लान्टबाट बजाज, केटीएम डुकका साथै ट्राइम्फ मोटरसाइकल उत्पादन तथा बिक्री गर्दै आएको छ।

हंसराज हुलासचन्दमा गोल्छा ग्रुपका १९ जना पारिवारिक सदस्यहरूको सेयर रहेको छ। सबैभन्दा बढी शेखर गोल्छाको ५३.८ प्रतिशत स्वामित्व रहेको छ। बाँकी ३.७५ प्रतिशतका दरले १८ जनाको स्वामित्व छ।

हुलास अटोको नौ महिनामा साढे नौ लाख

यस्तै भगिनी कम्पनी हुलास अटो क्राफ्टले एसेम्बल भएका सबै मोटरसाइकल हंसराज हुलासचन्दले खरिद गर्दै आएको छ। हुलास अटोक्राफ्टले नौ महिनामा नौ अर्ब ५२ करोड ४० लाख रुपैयाँबराबरको मोटरसाइकल हंसराज हुलासचन्दलाई बिक्री गरेको छ।

गत वर्ष नौ अर्ब १३ करोड, २०२४ मा पाँच अर्ब १३ करोड र २०२३ मा पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको मोटरसाइकल बिक्री गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

२०२५ मा कम्पनीको मोटरसाइकल बिक्री ७८ प्रतिशत र नौ महिनामा ३९ प्रतिशतले बढेको छ। कम्पनीको प्रोफिट मार्जिन बढेर ६.९ प्रतिशत पुगेको छ। कम्पनीले गरेको नाफाबाट २०२४ मा ७५ र २०२५ मा ४७ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको छ।

कम्पनीको एसम्बल प्लान्ट नवलपरासीको रामग्राममा छ। हुलास अटोक्राफ्टले सन् २०१८ मा दुई पाँग्रे र २०१९ मा तीन पांग्रे मोटरसाइकल उत्पादन थालेको हो। कम्पनीले बिस्तारै नयाँ मोडेलहरूको एसेम्बल थपेको छ। हाल नेपालमा बिक्री हुने लगभग सबै बजाज र केटीएम ड्यूक मोडेलहरू एसेम्बल गर्दछ।

सन् २०१३ मा स्थापना भएको हुलास अटोक्राफ्टमा ८० प्रतिशत शेखर र बाँकी २० प्रतिशत हिस्सा आकाश गोल्छाको छ।

प्रकाशित: २०८३ असार २ गते मङ्गलबार ०१:३०
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना