२०८३ कार्तिक १३ गते बिहिबार

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्ब बढी कारोबार गर्ने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
dahi

काठमाडौँ: नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रममा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउँदै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरे।

उनले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको बताए।

उनले नेपाल सरकारद्वारा तय गरिएको ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा सरकारी, सहकारी, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

दाहालका अनुसार नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ। ‘दुग्ध क्षेत्र लाखौं किसान परिवारको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको क्षेत्र भएकाले यसको दिगो विकास राष्ट्रिय अर्थतन्त्र, पोषण सुरक्षा तथा ग्रामीण समृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।

उनले असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको जीवन्त उदाहरण भएको बताए।

खेतमा कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले कृषक समुदायलाई ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान र सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।

उनले पछिल्लो समय यस्ता परम्पराहरू क्रमशः हराउँदै गइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति, कृषि परम्परा र जीवनशैलीलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताए।

उनले दही–चिउरा नेपाली मौलिक परिकार मात्र नभई पोषण र स्वास्थ्यका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण खाद्य संयोजन भएको बताए।

उनका अनुसार मोहीले पाचन प्रक्रियामा सुधार गर्ने, शरीरलाई हाइड्रेट राख्ने, हड्डी तथा दाँतलाई बलियो बनाउने, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा गर्मी मौसममा प्राकृतिक रूपमा शरीरलाई शीतलता प्रदान गर्ने गुण राख्छ।

दाहालले असार १५ को अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने र यसबाट दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था तथा दुग्ध उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। स्वदेशी उत्पादनको उपभोग बढ्दै जाँदा कृषि तथा दुग्ध क्षेत्रको दिगो विकास, किसानको आयवृद्धि र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: २०८३ असार ११ गते बिहिबार ०५:५४
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेको प्रश्न: हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व परिस्थिति, बहुपक्षीयताको भविष्य र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ स्वरूपबारे प्रश्नोत्तर भएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना