काठमाडौँ- आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन्। बुधबार चलाउनेले रिट दायर गर्नका लागि सर्वोच्च पुगेका हुन्।
आफूमाथि आक्रमण गर्ने नेविसंघ नेताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, कानुन मन्त्रालय, काठमाडौँ जिल्ला अदालतलगायतलाई विपक्षी बनाउँदै रिट दायर भएको हो।
रिटमाथि सुनुवाइ गर्न असार ७ गतेका लागि पेसी तोकिएको छ।
सरकारले नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि नागरिक समाज, समाजवादी मोर्चा लगायतले विरोध प्रदर्शन गरिरहेका छन्।

