ललितपुर महानगरपालिकाले जावाखेलमा शुक्रबार एक दिनकाे लागि सीप तथा रोजगार मेला आयोजना गरेको छ।
उक्त मेलामा सिप सिक्न चाहने र सिप सिकाउने संस्था वा ब्याक्तीकाे प्रत्यक्ष सम्बन्ध बन्ने छ। उक्त मेलामा एआई , क्राफ्टिङ, मोटरसाइकल बनाउने, कुकिङ लगाएका स्टलहरू राखिएको छ।
मेलामा युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ।








