२०८३ कार्तिक १३ गते बिहिबार

सिंहदरबारभित्रै ट्राफिक नियम उल्लंघन, ट्राफिक प्रहरीले गर्दैन निगरानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
Sihadarbar_Parking_-654

सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक जरिवाना तिर्नुपर्ने अवस्था छ। तर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने ट्राफिक नियमको कार्यान्वयन कमजोर देखिएको भन्दै प्रश्न उठ्न थालेको छ।

सर्वसाधारणबाट ट्राफिक नियम उल्लंघन गरेबापत दैनिक लाखौँ रुपैयाँ जरिवाना उठाउने ट्राफिक प्रहरीले सिंहदरबारभित्र हुने अव्यवस्थित पार्किङप्रति भने प्रभावकारी निगरानी नगरेको देखिन्छ। सिंहदरबार परिसरका विभिन्न सडकमा सडकको दुवैतर्फ आधा–आधा भाग ओगट्ने गरी तथा फुटपाथ नै ढाकेर सवारीसाधन पार्क गरिनु सामान्य दृश्य बनेको छ।

यसका कारण काम विशेषले सिंहदरबार पुग्ने सेवाग्राही, कर्मचारी तथा आगन्तुकले फुटपाथ प्रयोग गर्न नपाई सडकबाटै हिँड्नुपर्ने बाध्यता रहेको छ। पैदलयात्रीको सुरक्षित आवागमनका लागि निर्माण गरिएका फुटपाथ सवारी पार्किङस्थलमा परिणत हुँदा दुर्घटनाको जोखिमसमेत बढेको छ।

कतिपय स्थानमा ‘नो पार्किङ’ लेखिएका बोर्ड राखिएको भए पनि त्यही स्थानमा सवारी पार्क गरिएका भेटिन्छन्। यसले नियमको पालना गराउने निकाय र सरकारी कार्यालयभित्रकै व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

अव्यवस्थित पार्किङको सबैभन्दा बढी असर अशक्त तथा अपांगता भएका व्यक्तिलाई परेको छ। ह्विलचेयर प्रयोगकर्ता फुटपाथ प्रयोग गर्न नसकी सवारी चल्ने सडकबाटै ह्विलचेयर गुडाउन बाध्य छन्। सडक किनारसमेत सवारीले ढाकेकाले उनीहरूको आवागमन थप असहज र जोखिमपूर्ण बनेको छ। यसले अपांगतामैत्री सार्वजनिक संरचना निर्माण र समान पहुँच सुनिश्चित गर्ने सरकारी प्रतिबद्धतामाथि नै प्रश्न खडा गरेको छ।

सिंहदरबार देशको प्रशासनिक केन्द्र मात्र नभई सुशासन, कानुनको शासन र सार्वजनिक अनुशासनको नमुना हुनुपर्ने स्थान हो। तर त्यही क्षेत्रमा ट्राफिक नियमको खुलेआम उल्लंघन भइरहँदा सर्वसाधारणका लागि लागू हुने नियम सरकारी निकायभित्र समान रूपमा कार्यान्वयन हुन सकेको छैन ।

ट्राफिक व्यवस्थापन तथा पार्किङ नियमनका लागि सम्बन्धित निकायले स्पष्ट मापदण्ड लागू गर्दै फुटपाथ पूर्ण रूपमा पैदलयात्रीका लागि खाली राख्ने, तोकिएको स्थानमा मात्र पार्किङको व्यवस्था गर्ने तथा नियम उल्लंघन गर्ने जोसुकैलाई समान रूपमा कारबाही गर्ने व्यवस्था आवश्यक देखिएको छ।

सरकारले सडक सुरक्षा, पैदलयात्रीमैत्री पूर्वाधार र अपांगतामैत्री पहुँचलाई प्राथमिकता दिएको बताइरहे पनि सिंहदरबारभित्र देखिएको अव्यवस्थित पार्किङले व्यवहारमा भने अझै सुधार आवश्यक रहेको संकेत गरेको छ। नियम सबैका लागि समान रूपमा लागू हुने वातावरण निर्माण गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार ०३:१८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना