काठमाडौं। विश्व जनसंख्या दिवस आज (शनिबार) मनाइँदै छ। प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउदै आएको छ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो।
विश्व जनसङ्ख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्र संघीय जनसङ्ख्या प्रतिवेदनअनुसार पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसङ्ख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको छ।
यससँगै संसारको जनसङ्ख्या आठ अर्ब पुगेको पनि भर्खरै घोषणा गरिएको थियो।
विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउँदै आइरहेको छ।


