शुक्रबार रातिकाे वर्षापछि राधास्वामी सत्सङ होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्वासीहरू प्रभावित भएका छन्।

सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्वासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ।

होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ।

सरकारले गत वैशाखमा खोला किनारमा रहेका सुकुम्बासी बस्ती भत्काएपछि थापाथली र शान्तिनगरबाट विस्थापितहरूले यहाँको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए।