काठमाडौं – नेपाली फास्ट बलर करण केसीले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन्। खेलको दोस्रो ओभरमै करणले विकेट गिराएका हुन्।
वेस्ट इन्डिजले पहिलो विकेट गुमाउँदा उसको खातामा दुई रन मात्र रहेको छ। साथै उनले सो ओभर मेडन समेत राखेका थिए। चार बलमा एक रन बनाएका केली मयर्सलाई करणको बलमा कुशल भुर्तेलले क्याचआउट गराएका हुन्।
आजको खेलमा नेपालले बलिङमा राम्रो सुरुआत गरेको छ।


