२०८३ कार्तिक १३ गते बिहिबार

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी, सम्भावना नदेखेर शहर छिरेका युवा गाउँ फर्किँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
aalaichi_ilam

लमजुङ: ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ।

पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा खोल्सा–खोल्सी र छाया पर्ने जमिन अलैँची खेतीका लागि उपयुक्त मानिन्छ। यही कारण जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवा त्यस खेतीतर्फ आकर्षित हुन थालेपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ दुबईबाट फर्किएर नगदेबालीमा लागेका छन्। उनले ४० रोपनीमा अलैँची खेती विस्तार गरेका छन्। दाना र बिरुवा बिक्रीबाट उनले वार्षिक करिब रु १५ लाख बराबर आम्दानी गर्दै आएका छन्।

उनी नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक समेत हुन् भने यसअघि लमजुङ शाखाको अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

उनका अनुसार केही वर्षअघि गाउँमै पर्याप्त आम्दानीको आधार नभएपछि रोजगारीका लागि गाउँ छाडेर शहर जानुपरेको थियो। अलैँची खेतीको सम्भावना देखेर उनी गाउँ फर्किएका हुन्। अहिले यही व्यवसायबाट परिवारको खर्च धान्दै सम्मानजनक आम्दानी गर्न सफल भएको र गाउँमै बसेर पनि राम्रो भविष्य बनाउन सकिने उनले बताए।

नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङ पनि वैदेशिक रोजगारीबाट फर्किएर अलैँची खेतीमा सफल भएका छन्। दश वर्ष मलेसियामा रोजगारी गरेर फर्किभएका उनले बेँसीशहर नगरपालिका–१० खाँचेमा २५ वर्षदेखि उक्त खेती गर्दै आएका छन्।

एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा विस्तार भएको छ। केही वर्षअघि रोगका कारण पुराना बोट हटाएर नयाँ बिरुवा लगाउनुपरे पनि अहिले बगान पुनः राम्रो अवस्थामा पुगेको छ। यस वर्ष उनले थप नयाँ बिरुवासमेत रोपेका छन्।

उनका अनुसार रोग लाग्नुअघि गाउँका धेरै किसानले वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्ने गरेका थिए। पछिल्ला केही वर्ष रोग र मूल्यका कारण आम्दानी घटे पनि यस वर्ष उत्पादन र मूल्य दुवैमा सुधार आएपछि किसान उत्साहित भएका छन्।

सो खेतीबाट प्राप्त आम्दानीले उनले चितवनमा एक कट्ठा जग्गा खरिद गरेका छन् भने गाउँमै चारकोठे घर निर्माण गरेका छन्। विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कृषि व्यवसाय गर्दा कम दुःखमा राम्रो आम्दानी गर्न सकिने अनुभव उनको छ।

अलैँची खेतीकै कारण पहिले बाझिँदै गएका पाखापखेरा अहिले हराभरा बगानमा परिणत भएका छन्। गाउँ छाडेर गएका केही युवा पनि फर्किएर खेतीमा लाग्न थालेका छन्। यसले गाउँ उजाडिनबाट जोगाउनाका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर बढाएको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाकी चित्रमाया तामाङले चालु आर्थिक वर्षमा जिल्लामै सबैभन्दा बढी रु २० लाख बराबरको अलैँची बिक्री गरे।

जिल्लाका आस गुरुङ, कामरासी गुरुङ, दिलमाया गुरुङ र भुपाल कुँवरलगायतका किसानले पनि यस खेतीबाट वार्षिक रूपमा राम्रो आम्दानी गर्दै आउनुभएको छ। जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन र कारोबार मर्स्याङ्दी गाउँपालिकामा हुने गरेको उनको भनाइ छ।

मर्स्याङ्दी गाउँपालिका–५ का गज घले पनि पाँच वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि अलैँची खेतीमा लागेका हुन्। हाल सात रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका उनले वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन्।

विदेशको रोजगारी छाडेर आफ्नै गाउँमा अलैँची खेती गर्दै परिवारसँग बस्न पाउँदा सन्तुष्ट रहेको र आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने सोच रहेको उनले जानकारी दिए।

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर अलैंची खेतीलाई व्यावसायिक बनाएका हुन्। एक रोपनीबाट सुरु गरिएको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार भएको छ। यस वर्ष चार क्विन्टलभन्दा बढी अलैँची उत्पादन हुने र करिब रु आठ लाख आम्दानी हुने उनले सुनाए।

उनका अनुसार विदेशमा भन्दा आफ्नै गाउँमा परिवारसँग बसेर कम दुःखमा राम्रो आम्दानी गर्न सकिएको छ। अलैँची खेतीबाट घरपरिवारको खर्च धान्नुका साथै अन्य कृषि व्यवसाय विस्तार गर्न पनि सहज भएको उनको अनुभव छ।

कम लगानी र तुलनात्मक रूपमा कम मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने भएकाले अलैँची खेतीको भविष्य राम्रो रहेको उनले बताए। मूल्यमा हुने उतारचढाव, रोग व्यवस्थापन र उत्पादनमा आउने कमी अझै पनि कृषकका मुख्य चुनौतीका रूपमा छन्।

केही वर्षअघि रोगका कारण धेरै बगान प्रभावित भए पनि अहिले नयाँ बिरुवा विस्तार भएसँगै उत्पादन क्रमशः सुधार हुँदै गएको छ। विगतका केही वर्ष मूल्य सन्तोषजनक नभए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० बराबरको मूल्य पाएपछि किसान उत्साहित भएका छन्।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट रु २४ करोड ३० लाख बराबरको आम्दानी भएको छ। गत आर्थिक वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य बढेका कारण किसान को आम्दानी बढेको उनको भनाइ छ।

छिमेकी मुलुक भारतमा समेत अलैँची उत्पादन घटेकाले माग बढ्दा यहाँका किसानले राम्रो मूल्य पाएका हुन्। कृषि अधिकृत मिजारका अनुसार उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा उपलब्ध गराउने तथा प्राविधिक सहयोगलाई प्राथमिकताका साथ अघि बढाइएको छ। किसानलाई आवश्यक तालिम, सचेतनामूलक कार्यक्रम तथा विभिन्न सहयोग उपलब्ध गराउँदै सो खेतीको उत्पादन र गुणस्तर सुधारमा काम भइरहेको उनले बताए।

परियोजनाका अनुसार जिल्लामा हाल ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ।

मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्होलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई अलैँची जोन क्षेत्रका रूपमा घोषणा गरिएको छ।

लमजुङमा ७०० देखि एक हजार २०० मिटर उचाइमा साउने, जिर्मले र डम्बरशाही, एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइमा गोलशाही तथा एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची खेती हुँदै आएको छ।

अलैँची खेतीले लमजुङका किसानलाई आयआर्जनको भरपर्दो आधार दिएको छ। यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्न, बाँझो जमिनको सदुपयोग गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्‍याएको छ।

उत्पादन वृद्धि, रोग व्यवस्थापन, गुणस्तर सुधार र स्थिर बजार सुनिश्चित गर्न सके ‘कालो सुन’ अलैँचीले आगामी दिनमा लमजुङको ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार १२:११
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना