२०८३ कार्तिक १३ गते बिहिबार

किसानले पाएनन् टमाटरको भाउ, किलोको रू. ८ मात्रै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३२
Kalimati Tarkari Bazar_DSC00418
काठमाडौँ: नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडा (टमाटर) को मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रका किसानहरू आन्दोलित भएका छन्। छिमेकी मुलुक भारतबाट ठूलो परिमाणमा आयात भइरहेको सस्तो टमाटरका कारण स्वदेशी उत्पादनले बजार पाउन छाडेको, लागत मूल्यसमेत नउठ्ने अवस्था सिर्जना भएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका हुन्।
किसानहरूको मुख्य गुनासो भारतीय टमाटरको अनियन्त्रित आयातका कारण नेपाली उत्पादन विस्थापित भएको हो। उनीहरूका अनुसार भारतीय बजारबाट सस्तो मूल्यमा आउने तरकारीले स्थानीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना गरेको छ। परिणामस्वरूप नेपाली टमाटर बारीमै कुहिने, बजारमा बिक्री नहुने र कतिपय अवस्थामा सडकमा फाल्नुपर्ने बाध्यता उत्पन्न भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बुधबारको मूल्य विवरणले पनि किसानहरूले उत्पादनको उचित मूल्य नपाइरहेको पुष्टि गर्छ। समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो लोकल गोलभेँडाको ८ रुपैयाँ तथा टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको १३ रुपैयाँ कायम भएको छ।
समितिको विस्तृत तथ्यांकअनुसार सानो लोकल गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी ८ रुपैयाँ र अधिकतम १२ रुपैयाँ मात्र रहेको छ भने यसको औसत मूल्य ९ रुपैयाँ ५० पैसा कायम भएको छ। त्यसैगरी टनेल प्रविधिबाट उत्पादन गरिएको सानो गोलभेँडाको औसत मूल्य प्रतिकेजी १४ रुपैयाँ ६० पैसा र ठूलो नेपाली गोलभेँडाको औसत मूल्य ३८ रुपैयाँ ७५ पैसा रहेको छ। यसले उपभोक्ताले खुद्रा बजारमा अपेक्षाकृत बढी मूल्य तिरे पनि प्रत्यक्ष उत्पादन गर्ने किसानले भने लागतसमेत नउठ्ने गरी न्यून मूल्य प्राप्त गरिरहेको देखाउँछ।
टमाटरको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको थियो। छलफलका क्रममा किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, सहज बजार पहुँच उपलब्ध गराउन तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताएका थिए।
मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै तत्काल बजार व्यवस्थापन तथा आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा बुधबार नै कालीमाटीबाट टमाटर उपत्यका बाहिर ढुवानी सुरु गरिएको छ। काठमाडौं उपत्यका बाहिर माग भएका विभिन्न बजारमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गर्ने उद्देश्यले ढुवानी थालिएको मन्त्रालयले जनाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने व्यवस्था गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
टमाटरको मूल्यमा आएको गिरावटले नेपाली कृषि क्षेत्रको पुरानो समस्या पुनः उजागर गरेको छ। उत्पादन बढे पनि बजार व्यवस्थापन, भण्डारण, प्रशोधन तथा आयात नियमन प्रभावकारी नहुँदा किसानले बारम्बार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै दीर्घकालीन समाधानको आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन्।
प्रकाशित: २०८३ असार ३२ गते बिहिबार ०१:५१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना