२०८३ कार्तिक १२ गते बुधबार

मेस्सीलाइ रोक्न स्पेनले ‘म्यान मार्किङ’ नगर्ने, अर्जेन्टिनाको रणनीति कस्तो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
final

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन्। आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा डे ला फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाउँदै यस्तो बताएका हुन्।

स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे। उनले वर्षौंअघिको कोपा डेल रे प्रतियोगितामा सेभिया र बार्सिलोनाबीचको खेलमा मेस्सीलाई रोक्न आफ्नो टोलीले विशेष योजना बनाएको स्मरण गरे।

‘मैले युवा फुटबल खेल्दा नै लियोनल मेस्सीलाई भेटेको थिएँ। त्यो सेभिया र बार्सिलोनाबीचको कोपा डेल रे खेल थियो। हामीले मेस्सीबारे धेरै सुनेका थियौँ,’ डे ला फुएन्टेले भने। उनले थपे, ‘हामीले सुरुवातमा उनलाई म्यान मार्क गर्ने निर्णय गर्‍यौँ। खेलको ७०औँ मिनेटसम्म खेल गोलरहित बराबरीमा थियो। उनलाई रोकिरहेका खेलाडीले कार्ड पाएपछि मैले उनलाई परिवर्तन गरेँ। त्यसपछि अर्को १५ मिनेटमै मेस्सीले चार गोल गरे।’

पुरानो अनुभव सम्झँदै डे ला फुएन्टेले विश्वकप फाइनलमा पनि मेस्सीमाथि विशेष ध्यान दिइने भए पनि एक जना खेलाडीमार्फत मात्र रोक्ने योजना नरहेको स्पष्ट पारे। ‘के हामी उनलाई म्यान मार्किङ गर्नेछौँ? होइन। तर के हामी उनीमाथि धेरै ध्यान दिनेछौँ? हो। तर उनीहरूले पनि हाम्रा खेलाडीहरूमाथि त्यत्तिकै ध्यान दिनेछन,’ उनले भने।

स्पेनका प्रशिक्षकले अर्जेन्टिना र प्रशिक्षक लियोनल स्कालोनीको प्रशंसा गर्दै उनीप्रति आफ्नो सम्मान रहेको बताए। ‘प्रशंसा, प्रशंसा र अझ धेरै प्रशंसा,’ उनले अर्जेन्टिनाबारे भने। उनले स्कालोनीलाई आफ्नो राम्रो साथीसमेत भएको बताए।

डे ला फुएन्टेले स्पेनका युवा स्टार लामिन यामाललाई मेस्सीसँग तुलना नगर्न आग्रह गर्दै यामाललाई आफ्नै शैलीमा विकास हुन दिनुपर्ने बताए। ‘लामिन यामाल, यामाल नै हुनुपर्छ। मेस्सी अविश्वसनीय प्रतिभा हुन् र सबै युवा खेलाडीका लागि उदाहरण हुन्। तर लामिनले आफ्नै पहिचान बनाउनुपर्छ,’ उनले भने।

स्पेन विश्वकप २०२६ मा उत्कृष्ट लयमा रहेको छ। टोलीले अहिलेसम्म प्रतियोगितामा एक गोल मात्र खाएको छ भने एउटै विश्वकप संस्करणमा ६ क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ। स्पेनले लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गर्दै सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो।

स्पेनको टोली लगातार ३७ खेलमा अपराजित छ र आइतबार अर्जेन्टिनालाई हराउन सके युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बनाउनेछ।

यता साविक विश्वकप विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधिको खोजीमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल पुगेको अर्जेन्टिनाले पछिल्ला १४ खेल लगातार जितेको छ। टोलीले खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै ८५औँ मिनेटपछि आठ गोल गरेर प्रतियोगिताकै नयाँ कीर्तिमान बनाएको छ।

अर्जेन्टिना र स्पेनबीचको पछिल्लो हेड–टु–हेड इतिहास बराबरी छ। दुवै टोलीले ६–६ जित निकालेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। त्यसैले युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको विश्वकप फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यता अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन्। साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ मा अर्जेन्टिना टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो सम्बन्ध र एकताप्रति गर्व व्यक्त गरेका हुन्।

उनले लेखेका छन,‘यो उत्कृष्ट समूह हो। मानवीय पक्षलाई शब्दमा वर्णन गर्न सकिँदैन। सबै जना, साँच्चै सबै जना, यो राष्ट्रिय टोलीका लागि हरेक सानो कुरामा पनि अगाडि बढ्न प्रेरित गरिरहेका छन् र आफ्नो सबै कुरा दिइरहेका छन्। भोलि पनि हामी सबै एकसाथ हुनेछौँ, जसरी पहिलो दिनदेखि रहँदै आएका छौँ। यो टोलीको हिस्सा बन्न पाउनु विशेष अवसर हो। अगाडि बढौँ अर्जेन्टिना।’

मार्टिनेज विश्वकप यात्रामा अर्जेन्टिनाका महत्वपूर्ण खेलाडीमध्ये एक बनेका छन्। उनले टोलीका सातमध्ये ६ खेलमा सुरुआती ११ मा स्थान बनाएका छन्। इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै ७२ मिनेट खेलेका थिए। उक्त खेलमा अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो। २८ वर्षीय मार्टिनेजले क्रिस्टियन रोमेरोसँग मिलेर अर्जेन्टिनाको रक्षापंक्तिलाई मजबुत बनाएका छन्। अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको छ।

अर्जेन्टिना फाइनलमा १४ खेलको लगातार जितको लयसहित प्रवेश गर्दैछ। यो दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो जित यात्रामध्ये एक हो। नकआउट चरणका चारै खेलमा अर्जेन्टिनाले कठिन परिस्थितिबाट पुनरागमन गर्दै वा अन्तिम समयमा निर्णायक गोल गर्दै जित हासिल गरेको छ।

तर फाइनलमा अर्जेन्टिनाको सामना बलियो रक्षात्मक प्रदर्शन गरिरहेको स्पेनसँग हुनेछ। स्पेनले प्रतियोगिताका सात खेलमा केवल एक गोल मात्र बेहोरेको छ भने एउटै विश्वकप संस्करणमा ६ वटा क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ।

समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले लगातार ६ खेल जित्दै फाइनल यात्रा तय गरेको हो। उसले अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सजस्ता बलिया टोलीलाई पराजित गर्दै २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो।

अर्जेन्टिना र स्पेनबीचको विगतको आमनेसामने तथ्यांक पनि बराबरी छ। दुवै टोलीले ६–६ जित हात पारेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ साउन ३ गते आईतबार ०१:००
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना