२०८३ कार्तिक ११ गते मङ्गलबार

वेलायतले ब्रिटिश स्टिल राष्ट्रियकरण गरेपछि लगानीकर्ता चिनियाँ जिङ्गे समूहले माग्यो क्षतिपूर्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
british_steel

बेइजिङ,एपी। बेलायत सरकारले ब्रिटिश स्टिललाई राष्ट्रियकरण गरेपछि कम्पनीको पूर्वस्वामित्वमा रहेको चिनियाँ जिङ्गे समूहले आफूले बेहोरेको लगानी घाटाको क्षतिपूर्ति माग गर्दै कानूनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

कम्पनीले बेलायतको कदमले अन्तर्राष्ट्रिय लगानी वातावरणमा नकारात्मक सन्देश दिएको दाबी गरेको छ।

जिङ्गे समूहले आइतबार जारी गरेको विज्ञप्तिमा ब्रिटिश सरकारले कम्पनीको सञ्चालन नियन्त्रण लिएर अन्तर्राष्ट्रिय लगानीका नियम र द्विपक्षीय लगानी सम्झौताको मर्म उलंघन गरेको आरोप लगाएको छ। कम्पनीले बेलायत सरकारसँग क्षतिपूर्तिका लागि औपचारिक वार्ता प्रक्रिया सुरु गरिएको जानकारी दिँदै आवश्यक परे अन्तर्राष्ट्रिय मध्यस्थताको बाटोसमेत अपनाइने जनाएको छ।

सन् २०२० मा जिङ्गे समूहले आर्थिक सङ्कटमा रहेको ब्रिटिश स्टिल खरिद गरेको थियो। कम्पनीका अनुसार त्यसपछि उसले ठूलो लगानी गरेर उद्योगलाई सञ्चालनमा राखेको थियो। तर, बेलायत सरकारले गत वर्ष कम्पनीले उत्तरी इङ्ग्ल्यान्डस्थित स्कन्थर्प कारखानाका ब्लास्ट फर्नेस बन्द गर्ने तयारी गरेपछि सञ्चालन नियन्त्रण आफ्नो हातमा लिएको थियो। सोही उद्योग बेलायतमा कच्चा पदार्थबाट नयाँ स्टिल उत्पादन गर्ने अन्तिम ब्लास्ट फर्नेसयुक्त केन्द्र मानिन्छ।

जिङ्गे समूहले बेलायत सरकारले आफ्नो लगानी र योगदानको उचित मूल्याङ्कन नगरी लगभग शून्य बराबरको क्षतिपूर्ति प्रस्ताव गरेको आरोप लगाएको छ। कम्पनीले बेलायती सरकारको निर्णयले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास कमजोर बनाएको, उद्योग सञ्चालनमा क्षति पुर्याएको र अन्ततः बेलायती करदातामाथि पनि आर्थिक भार थपिएको दाबी गरेको छ।

बेलायतको व्यापार तथा व्यवसाय विभागले भने राष्ट्रियकरणपछि जिङ्गे समूहलाई क्षतिपूर्ति दिने वा नदिने विषय स्वतन्त्र मूल्याङ्कनका आधारमा तय गरिने जनाएको छ। विभागका अनुसार राष्ट्रियकरणको निर्णयले करिब दुई हजार ७०० रोजगारी जोगाउनुका साथै पूर्वाधार आयोजना र रक्षा उद्योगका लागि आवश्यक स्वदेशी स्टिल उत्पादन सुरक्षित गर्ने उद्देश्य राखेको छ।

स्कन्थर्पस्थित स्टिल उद्योगले एक सय ३० वर्षभन्दा बढी समयदेखि उत्पादन गर्दै आएको छ र बेलायतको औद्योगिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण उद्योगका रूपमा चिनिन्छ।

यसैबीच, चिनियाँ विदेश मन्त्रालयले पनि बेलायतले यस विषयलाई कसरी समाधान गर्छ भन्ने कुराले चिनियाँ लगानीकर्ताको बेलायती लगानी वातावरणप्रतिको विश्वासमा प्रत्यक्ष असर पर्ने जनाएको छ।

मन्त्रालयले बजार अर्थतन्त्रका सिद्धान्त, सम्झौताको भावना र अन्तर्राष्ट्रिय लगानी नियमको सम्मान गर्दै दुवै पक्षलाई स्वीकार्य हुने गरी क्षतिपूर्तिको समाधान खोज्न बेलायतसँग आग्रह गरेको छ। साथै चीनले आफ्ना कम्पनीहरूलाई कानूनी माध्यमबाट वैध अधिकारको रक्षा गर्न पूर्ण समर्थन गर्ने स्पष्ट पारेको छ।

प्रकाशित: २०८३ साउन ४ गते सोमबार ०५:०८
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना