काठमाडौँ- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले संशोधन नगरी बजेट पारित हुन नदिने भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय लिएको हो।
समाजवादीका सांसद अम्मरबहादुर थापाका अनुसार यस विषयमा छलफल गरी निर्णय लिने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटमा मनोमानी गरेको भन्दै नेकपा एस असन्तुष्ट छ।
बजेटबारे लिएको निर्णयबारेमा समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जानकारी गराउने निर्णयसमेत गरेको छ।


