झापा– इलाका प्रहरी कार्यालय दमकले जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगर–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेला प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।



