२०८३ कार्तिक १३ गते बिहिबार

आहा ! भाङ्गे झरना (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
Bhange_Jharna20260713_0003
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ। अर्कोपट्टि अजङ्गको भीर छ। त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना।
नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ। पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ।
सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ। यो झरनाको उचाइ १ सय ८१ मिटर छ।
०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो। सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन्।
दैनिक ३ देखि सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए। ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ। खान–बस्न पनि समस्या छैन। नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने।
उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ।
झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ। पर्यटकहरु तलाउमा पौडिरहेको भेटिन्छन्। अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ।

मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाब निकै बढ्छ। यसपछि हिउँदसम्म क्रमशः पानीको बहाब घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ। बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ।

काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ।

पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ।

प्रकाशित: २०८३ साउन ९ गते शनिवार ११:०६
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना