२०८३ कार्तिक १३ गते बिहिबार

चुरा, पोतो र टिकी आयातमा मात्रै वर्षेनी बाहिरिन्छ ५३ करोडभन्दा बढी रुपैयाँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
714057ac-567f-4dd5-872f-981b15ad3c4f_d7d64275

काठमाडौँ: साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन्। हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि हो।

विशेषगरी प्रकृतिसँग एकाकार हुन हरियो पहिरन र श्रृंगारका सामग्री लगाउने यो परम्परा जति सुन्दर छ, यसको आर्थिक पाटो भने उत्तिकै परनिर्भर देखिन्छ। नेपाली महिलाले लगाउने चुरा, रङ्गीन पोते र निधारमा टल्किने टिकाका लागि वर्षेनी करोडौँ रुपैयाँ बाहिरिने गरेको छ।

भन्सार विभागको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा श्रृंगारका यी सामग्रीको आयात दर निकै उच्च छ। गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालले ६० करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको चुरा, टिका र पोते आयात गरेको छ।

यस अवधिमा ३४ लाख ७० हजार ५२५ ग्रस यस्ता सामग्री भित्रिएका छन्। विभागले चुरा, पोते र टिका आयातका लागि ग्रस एकाई प्रयोग गर्दछ। एक ग्रसमा १४४ वटा चुरा हुन्छन्।

यो तथ्यांकले के देखाउँछ भने, स्वदेशमा उत्पादनको पर्याप्त सम्भावना नहुँदा वा भएका उद्योगहरूले बजार धान्न नसक्दा नेपाली महिलाको श्रृंगार पूर्णतः विदेशी आयातमा टिकेको छ।

यसअघिको आर्थिक वर्ष २०८१÷८२ मा ५४ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको ३८ लाख ५२ हजार ८०३ ग्रस चुरा, पोते र टिका आयात भएको तथ्यांक छ। त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा पनि ५४ करोड २० लाख ७४ हजार रुपैयाँ खर्चिएर ३७ लाख ५२ हजार ग्रस यी सामग्री भित्रिएका थिए।

विगत तीन वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालबाट वार्षिक औसत ५३ करोड रुपैयाँभन्दा बढी रकम केवल चुरा, पोते र टिका खरिदका लागि विदेशीने गरेको देखिन्छ।

नेपालमा यी सामग्रीहरू छिमेकी मुलुक भारत र चीनबाट मात्र नभई विश्वका विभिन्न सुदूर देशहरूबाट समेत आयात हुने गरेका छन्। भन्सार विभागको तथ्यांक अनुसार भारत र चीन बाहेक कतार, अमेरिका, उज्वेकस्तान र अस्ट्रेलिया लगायतका मुलुकबाट समेत नेपालमा चुरा, पोते र टिका आउने गरेको छ।

सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालीले लगाउने परम्परागत पोते र श्रृंगारका सामग्रीको व्यापारिक सञ्जाल विश्वका शक्तिशाली अर्थतन्त्र भएका मुलुकसम्म फैलिएको छ। विशेषगरी पोतेका दानाहरू तेस्रो मुलुकबाट आउने र यहाँ उनेर बजारमा पठाइने गरिन्छ।

साउन महिनामा विशेषगरी विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै र अविवाहित युवतीहरू असल वरको कामना गर्दै शिवजीको पूजा आराधना गर्छन्। यसै क्रममा हरियो र पहेँलो रङलाई प्राथमिकता दिइन्छ। बजारमा साउन लाग्नुभन्दा हप्ता दिन अघिदेखि नै पोते र चुरा पसलहरूमा भीड लाग्न थाल्छ। सहरका गल्लीदेखि गाउँका पसलहरूसम्म हरिया चुराले भरिभराउ हुन्छन्। तर, ती पसलमा झुण्डिएका रङ्गीन सामग्रीहरूले हाम्रो व्यापार घाटाको एउटा पाटोलाई पनि प्रतिनिधित्व गरिरहेका हुन्छन्।

संस्कृतिविद्हरूका अनुसार साउनमा हरियो लगाउनुको अर्थ प्रकृतिसँग नजिक हुनु हो। वर्षायाममा चारैतिर हरियाली हुने भएकाले त्यसैको प्रतीक स्वरूप महिलाहरूले हरियो पहिरन र श्रृंगार गर्ने गर्छन्। तर, यो सांस्कृतिक सौन्दर्यभित्र लुकेको आर्थिक परनिर्भरता भने डरलाग्दो छ। यदि स्वदेशमै यस्ता सामग्रीहरूको उत्पादनमा जोड दिने हो भने वर्षेनी विदेशिने ५० करोडभन्दा बढी रुपैयाँ जोगिन सक्छ।

भन्सार विभागको तथ्यांकले नेपाली बजारमा श्रृंगारका सामग्रीको माग स्थिर र उच्च रहेको देखाउँछ। चाडपर्व र विशेष महिनाहरूमा हुने यस्तो खपतलाई स्वदेशी उत्पादनसँग जोड्न सके मात्र हाम्रो संस्कृति र अर्थतन्त्र दुवै बलियो हुने देखिन्छ। अहिलेलाई भने, नेपाली महिलाको साउने उत्साह विदेशी चुरा र पोतेकै भरमा टिकेको छ।

प्रकाशित: २०८३ साउन ९ गते शनिवार ०३:०६
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना