२०८३ साउन ११ गते सोमबार

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
rain_pani

काठमाडौँ: हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू्भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०८:०३
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग उद्घाटनअघि स्थानीयको प्रदर्शन, के हुन् मागहरू?

काठमाडौँ: सोमबार बिहान ११ बजे काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको उद्घाटन हुँदैछ। करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको ७ वर्षपछि...

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना

चितवन: चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो। गत वर्ष...

आइफोनको लोभमा साथीको हत्या, एक सातापछि मनखोलामा भेटियो शव

कास्की: मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका...

लघुवित्त पीडित किसान राजधानी मार्चपास

लघुवित्त तथा वित्तीय शोषण पीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन्। लघुवित्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो। मार्च...

चुरा, पोतो र टिकी आयातमा मात्रै वर्षेनी बाहिरिन्छ ५३ करोडभन्दा बढी रुपैयाँ

काठमाडौँ: साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन्। हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना