२०८३ कार्तिक १३ गते बिहिबार

नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
narayani

चितवन: चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा अघि बढिरहेको नारायणी नदीको तटबन्ध निर्माणले पछिल्लो समय तीव्रता पाएको छ। समयमा सम्पन्न हुन नसकेका आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो।

गत वर्ष कात्तिकसम्म भौतिक प्रगति कमजोर रहेका दुई निर्माण आयोजनाको कामले पछिल्लो समय उल्लेख्य गति लिएको छ। सम्झौताअनुसार समयमा सम्पन्न हुन नसकेका प्रमुख दुई आयोजनामध्ये चितवनको सिसै–भगेँडी बालुवा क्षेत्रको छ किलोमिटर तटबन्ध गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको सक्रियतासँगै अहिले यसको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी पुगेको छ।

कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार असार मसान्तसम्म ९० दशमलव ९३ प्रतिशत काम सम्पन्न भएको छ।

‘असार मसान्तभित्रै सक्ने लक्ष्य थियो। तर पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण काम प्रभावित भयो,’ उनले भने।

यस्तै, नारायणी नदीपारि गैँडाकोटको कुसुमघाटदेखि थुम्सीसम्मको तटबन्ध निर्माणको काम पनि ९९ प्रतिशत सम्पन्न भएको सुवेदीले बताए। कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन वर्ष छ महिनासम्म ४७ प्रतिशत मात्र सम्पन्न भएको उक्त आयोजना असार मसान्तसम्म आइपुग्दा ९९ प्रतिशतमा पुगेको छ।

चितवनतर्फको निर्माण कार्यका लागि २०७९ असार १० गते शर्मा–सगुन निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सोही क्षेत्रका पाँच ठेक्कामध्ये चार ‘प्याकेज’को काम सम्पन्न भइसकेको छ भने सिसै–भगेँडीको काम अन्तिम चरणमा पुगेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।

छ किलोमिटर लामो उक्त तटबन्ध ३७ करोड रुपैयाँमा निर्माण सम्झौता गरिएको हो। अहिले ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएसँगै बर्खायाममा आउने बाढीको जोखिम उल्लेख्य रूपमा घटेको प्रमुख सुवेदीले बताए। उनका अनुसार समस्या पहिचान गरी निरन्तर पहल गरिएकै कारण निर्माणले गति लिएको हो।

गैँडाकोटतर्फको कुसुमघाट–थुम्सी क्षेत्रको करिब पाँच किलोमिटर तटबन्ध निर्माणका लागि २०७९ मंसिर १५ गते सम्झौता भएको थियो। एक अर्ब नौ करोड रुपैयाँ लागतको उक्त आयोजनाको काम अहिले ९९ प्रतिशत सम्पन्न भएको छ।

कार्यालय प्रमुख सुवेदीका अनुसार यस क्षेत्रमा अहिले दुबोको चपरी राख्ने तथा केही साना काम मात्रै बाँकी छन्।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०६:०४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना