२०८३ कार्तिक १३ गते बिहिबार

सुनसरी घटना: सीडीओ‌सहित सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाइयो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
photo-1_d04e0387

सुनसरीको देवानगञ्जमा साम्प्रदायिक हिंसा भड्किएपछि त्यहाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) वाशुदेव घिमिरेसहित जिल्लादेखि प्रदेश तहसम्मका सुरक्षा प्रमुखलाई फिर्ता बोलाइएको छ। गृहमन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालय तानेर उनको स्थानमा संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई जिम्मेवारी सुम्पिएको छ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ। उनको ठाउँमा डीआईजी शेखर खनाललाई पठाइएको छ।

यसैगरी, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवेलाई गौतमबुद्ध विमानस्थल पठाइएको छ भने त्यहाँ कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको कमाण्ड सम्हाल्न पठाइएको छ। सशस्त्र प्रहरीतर्फ पनि जिल्लाका एसपी श्यामकुमार कार्की र कप्तानगञ्ज युनिटका डीएसपी नन्दकिशोर महतोलाई हटाएर क्रमशः एसपी लवकुमार सापकोटा र डीएसपी मदन नाथलाई जिम्मेवारी दिइएको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएको थियो। मन्दिरमा बजाइएको चर्को आवाज (डिजे) र बिजुलीको पोलमा झण्डा राख्ने विषयलाई लिएर सुरु भएको सामान्य खटपटले साम्प्रदायिक भिडन्तको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको थियो। सो क्रममा स्थानीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको छ। गोली लागेर अन्य ९ जना घाइते भएङ्का थिए।

भिडन्तमा सुरक्षाकर्मी र सर्वसाधारण गरी २४ जनाभन्दा बढी घाइते भएका छन्।

सोमबार त्यहाँ कर्फ्यु लगाइए पनि कर्फ्युकै बीच स्थानीयले प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०६:११
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना