२०८३ कार्तिक १३ गते बिहिबार

उत्पादन बढे पनि घटेन आँपको मूल्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
mangoss

काठमाडौँ: आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ। मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ।

आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ। नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ।

नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार नेपालमा वार्षिक औषतमा स्वदेशको उत्पादन र भारतबाट आयात हुने रु दुई/दुई अर्ब तथा चीनबाट आयात हुने रु एक अर्ब जतिको आँप खपत हुन्छ। चीनबाट पछिल्लो दुई वर्षदेखि मात्र बढी मात्रामा आँप आयात हुन थालेको हो।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबारको आँप (मादलह) र आँप (दशहरी)को मूल्य प्रति केजी न्यूनतम् रु १८० र अधिकतम् रु २०० रहेको छ। बाँकी अन्य थोक बजार र विभिन्न सहरमा फरक फरक मूल्यमा बिक्री भइरहेको देखिन्छ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालिमाटी बजरमा मात्र वैशाखदेखि आजसम्म एक हजार २३० टन आँप आयात भएको र त्यसमध्ये २८० टन आँप भारतबाट आयात भएको जानकारी दिए।

यसपाली आँपको मूल्य तुलनात्मक उच्च

यस पटक आँपको मूल्य विगतभन्दा धेरै तल नझरेको बताउँदै उनले नेपालमा सबैभन्दा बढी मालदह प्रजातिको आँप बिक्री हुने गरेको र त्यसपछि दशहरी, कलकते, चोसा, अम्रपालीलागायत जातका आँपहरु बिक्री हुने गरेको उल्लेख गरे। असारसँगै आपको मुख्य सिजन सकिन्छ भने त्यसपछि कम मात्रामा आँप पाइने गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्यांक हेर्ने हो भने मुलुकभित्र आँपको उत्पादनको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ५३ हजार ४५८ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको थियो। त्यस्तै आव २०७९/८० मा ५२ हजार ४४९ हेक्टर क्षेत्रफलमा पाँच लाख १३ हजार ५५ टन आँप उत्पादन भएको थियो।

त्यस्तै २०८०/८१ मा ५२ हजार ९७५ हेक्टर क्षेत्रफलमा कुल पाँच लाख १७ हजार ५५२ टन आँप उत्पादन भएको केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले जानकारी दिए। आव २०८१/ ८२ मा ५२ हजार ४३३ हेक्टर क्षेत्रफलमा पाँच लाख पाँच हजार १३७ टन आँप उत्पादन भएको थियो।

उनका अनुसार नेपालको उत्पादनको करिब ७७ प्रतिशत आँप मधेश प्रदेशमा उत्पादन हुने गरेको छ। उत्पादन वृद्धि भएपनि भारतबाट समेत ठूलो परिणाममा आँप आयात हुने गरेको छ। केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट कुल ९६ लाख ५४ हजार २९२ केजी आँप आयात भएको थियो भने गत आव २०८२/०८३ मा ८८ लाख १२ हजार ९६६ केजी आँप आयात भएको देखिन्छ।

फलफूलको राजा आँप

हावापानीको दृष्टिकोणले तराईदेखि मध्य पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ। आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ ३–४ वर्षमा एक वर्ष मात्र पनि राम्रो उत्पादन प्राप्त हुने गर्दछ।

उत्पादन क्षेत्रमा फूल लाग्ने समयमा प्रतिकूल मौसम हुनु, केही जिल्लामा उत्पादन घट्नु, सुरुआतमा भारतीय आयात सुस्त हुनु, ढुवानी, मजदुरी र प्याकेजिङ खर्च बढ्नु, यामको सुरुमै माग बढी र आपूर्ति कम हुनुलगायत विषयले आँपको मूल्य नघट्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ।

यसको दीर्घकालीन समाधानका लागि आँपका लागि कोल्ड स्टोर र सङ्कलन केन्द्र विस्तार, जुस, र अन्य प्रशोधन उद्योग स्थापना, गुणस्तरीय प्याकेजिङ र ब्रान्डिङ, बजार सूचना प्रणाली र न्यूनतम समर्थन मूल्यजस्ता नीतिगत व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरुको सुझाव छ।

‘बिचौलियाले बढी नाफा लिए भन्ने हल्ला मात्र’

नेपाल फलफूल थोक व्यावसायी संघ, कुलेश्वरका अध्यक्ष अमर बाँनियाले आँपको मूल्यमा उत्पादनदेखि उपभोक्ताबीचका व्यवसायीले बढी नाफा लिए भन्ने हल्ला मात्र भएको बताए। उनका अनुसार किसानको बगानमा आँपको फूल फूल्ने वित्तिकै एकथरी व्यवसायीले ठेक्का लिन्छन। त्यसपछि ती ठेकेदारले बगानको गोडमेल, मलजल, श्रम र जोखिमसहित नाफा/घाटा लिन्छन्।

त्यस्ता व्यावसायीले काठमाडौँलगायत ठूला सहरमा थोक बिक्रेतासम्म आँप ल्याइपुर्याउँछन्। थोक व्यावसायीले आफ्नो निश्चित प्रतिशत नाफा राखेर मात्र औसतमा यस सिजनमा नेपाली आँप प्रति केजी रु १०० देखि १५० र भारतीय आँप प्रतिकेजी रु १२० देखि २०० बिक्री गरेको अध्यक्ष बाँनियाको भनाइ छ। त्यसपछि स्थानीय पसले र साइकल व्यापारीले आफ्नो नाफा राखेर आमउपभोक्तालाई बिक्री गर्छन्।

नेपालमा आँप उत्पादन हुने प्रमुख जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धाडिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर पर्दछन्। फलको राजाको रुपमा चिनिने आँपको महत्व विशिष्ट स्वाद, साँस्कृतिक, महत्त्वपूर्ण भिटामिन र खनिजहरूका कारण धेरै रहेको छ।

आँप खेती मधेशका लागि उपयुक्त कृषि व्यवसाय

तराई मधेशका प्राय क्षेत्रमा आँपको खेति गर्न सकिन्छ। आँपको खेतीले हरियाली प्रवद्र्धन तथा वातावरण सुधारका साथै चुरे संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने वातावरण क्षेत्र जानकारको भनाई छ। मन्त्रालयका अनुसार यो कार्बन संचिती र वैकल्पिक काष्ठका लागि समेत उपयोगी रहेको छ।

पानीको उपलब्धता कम भएको अवस्थामा पनि खेति गर्न सकिने भएकाले आँपको खेती उत्पादन लागत तुलनात्मक रुपमा कम हुन्छ। लामो समयसम्म उत्पादन लिन सकिने तथा तुलनात्मक रुपमा न्यून श्रमशक्तिको आवश्यकता हुने भएकाले श्रमको अभाव, जलवायु परिवर्तनको प्रभाव र उत्पादन सामाग्रीको अभावमा बाँझो रहन गएका जग्गाको सदुपयोग गर्नका लागि पनि आँपको खेतीको महत्व रहेको छ।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०६:१६
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना