२०८३ साउन १४ गते बिहिबार

ग्यास सिलिन्डरका लागि दुई दिन लाइन बस्छन् उपभोक्ता, उद्योगमन्त्री भन्छिन्– बजारमा अभाव छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ११
gas

काठमाडौँ: पछिल्लो केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताको गुनासो चुलिएको छ। तर सरकारले भने बजारमा ग्यासको अभाव नरहेको दाबी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति र मौज्दात पर्याप्त रहेको भन्दै हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेकी छिन्।

मन्त्री यादवले ग्यास अभाव रहेको भन्नेमा सत्यता नरहेको दाबी गरेकी हुन्। उनले पर्याप्त मौज्दात रहेको भन्दै हल्लाको पछि लागेर नआत्तिन आग्रह गरेकी छन्।

उनले बजारमा कृत्रिम अभावको हल्ला चलेको भन्दै आपूर्ति र ग्यास मौज्दातबारे मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको बताइन्। अभावको हल्लाले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय गर्दा त्यसको चाप परेको निष्कर्ष मन्त्रालयको छ

मन्त्रालयले अभाव नरहेको दावी गरे पनि उपभोक्ताले भने सिलिन्डर नपाएर सास्ती बेहोरिरहेक छन्। सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ। स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास सिलिन्डर लिएर ग्यास डिलरमा पुग्छन्। एक–दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किन्छन्। पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो।

विगतजस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन्। केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा निर्भर छन्। ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था छैन। यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ।

वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका भविका चौधरीले ग्यास पाउँदा आनन्दको अनुभूति भएको सुनाइन्। ‘चार दिनसम्म लाइनमा बस्दा बेलाबेलामा सासै बन्द होला जस्तो हुन्थ्यो। चुलो नबलेकाले यसबीचमा चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलाइयो। आज बल्लतल्ल ग्यास पाइयो। धेरै ठूलो युद्ध जितेजस्तो महसुस भएको छ। आजदेखि खाना पकाएर खान पाइने भइयो,’ उनले भनिन्।

चौधरी प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्तै अन्य स्थानीयले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्नुपर्‍यो। यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सहज पहुँच नभएका नागरिक प्रभावित भएका छन्।

पहुँच भएकाले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि अशक्त, विद्यार्थी र ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको वीरेन्द्रनगर नगरपालिका–९ का स्थानीय तीर्थबहादुर थापाले दुखेसो पोखे। उनले भने, ‘हामी आइतबार बिहान ५ः०० बजेदेखि खाली ग्यास लिएर भर्नका लागि लाइनमा बसेका छौँ, अझै पालो आएको छैन। बेलुका खाली सिलिन्डर लिएर घर फर्केपछि भोलिपल्ट फेरि लाइनमा बस्न आउँछौँ। राति खाली सिलिन्डर सुरक्षाका लागि पाँच सय जनाले प्रतिव्यक्ति रु २० तिर्ने गरेका छौँ। आज पनि ग्यास पाउने हो कि होइन थाहा छैन।’

यसैबीच, नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपककुमार घिमिरेले साउन १ गतेदेखि १० गतेसम्म वीरेन्द्रनगरबाट १७ हजार खाना पकाउने एलपी ग्यास वितरण गरिएको जानकारी दिए। उनले भने, ‘यसअघि हरेक महिनामा २६ हजार ग्यास वितरण हुन्थ्यो। तर साउनको १० दिनभित्र १७ हजार एलपी ग्यास वितरण भएको छ। यो निकै ठूलो परिमाण हो। यस हिसाबले एक महिनामा ५१ हजार आवश्यक पर्ने देखिन्छ।’

प्रमुख घिमिरेका अनुसार सुर्खेतमा एलपी ग्यासको अभाव छैन। बरु अनधिकृत बिक्रेताले विभिन्न स्रोतबाट सङ्कलन गरी भण्डारण गरेर राखेको हुन सक्ने उनले आशङ्का व्यक्त गरे। सञ्चारकर्मीसहित सरोकार भएका निकायले यसबारे आवश्यक अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए। ‘अभाव छैन, अभाव गराइएको छ। यसबाट आमनागरिक र पहुँच नभएका व्यक्ति मर्कामा परेका छन्,’ उनले भने।

कालिकोट घर भई हाल सुर्खेतमा बस्दै आएका अपाङ्गता भएका व्यक्ति मनराज कठायतले दुई दिनसम्म ग्यास लिन जाँदा नपाएर खाली हात घर फर्कनुपरेको पीडा पोखे। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरीलाई ग्यास वितरणमा प्राथमिकता नदिँदा पीडा हुने गरेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लक्षित वर्गको सहजता र सबै उपभोक्ताको उपलब्धताका लागि प्रहरी प्रशासनको निगरानीमा ग्यास वितरण गरिँदै आएको बताए। ग्यास अभावका विषयमा के भएको हो भन्नेबारे अध्ययन भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २०८३ साउन ११ गते सोमबार ०६:२८
प्रतिक्रिया

थप समाचार

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...

जापानको कुमामोतोमा भूकम्प, ३० जनाको मृत्यु

जापानको कुमामोतो प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। जापानकी प्रधानमन्त्री साने ताकाइचीले बिहीबार सरकारको आपत्कालीन विपद् व्यवस्थापन मुख्यालयको...

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ...

विद्युत् ‘सर्ट’ हुँदा आगलागी, तीन घर पूर्ण रूपमा नष्ट

झापा: बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन...

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

जनकपुर: हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ। जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन्। उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना