२०८३ साउन १३ गते बुधबार

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १३
photto_23a23d65 (1)

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार विकास, लक्षित वर्ग, संस्कृति तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा करिब ७७ वटा कार्यक्रम तयार गरी नगरसभाबाट पारित गराइसकेको छ।

वडा अध्यक्ष रविन्द्र महर्जनले पत्रकार सम्मेलनमार्फत वडाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको जानकारी दिए। उनले पूर्वाधार निर्माणसँगै यहाँको मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणलाई विशेष प्राथमिकता दिइएको बताए।

वडाले यस वर्ष स्वास्थ्य क्षेत्रमा समेत विशेष कार्यक्रम ल्याएको छ। नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन तथा स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य बीमामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ।

वडाले सडक निर्माण तथा स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको छ। योजना अन्तर्गत खोकना दोबाटोदेखि कार्य विनायक मन्दिर जाने मूल सडक निर्माण, खोकना दोबाटोदेखि बसपार्कसम्म पेटी तथा फुटपाथ निर्माण, ढोलाहिटी सडक ढलानलगायतका काम समेटिएका छन्।

त्यसैगरी वडा क्षेत्रभित्र रहेका विभिन्न सडक विस्तार तथा सुधारका कार्यक्रम पनि समावेश गरिएको छ। सिजल सडक, रेल सडक, तौखल सडक, सिकली सडक, खोकना धनी सडकलगायतका सडक विस्तार तथा सुधारका योजनाहरू अघि बढाइने भएका छन्।

खानेपानी व्यवस्थापनतर्फ साना खोकना डिप बोरिङ निर्माण तथा सञ्चालन, पाइपलाइन विस्तार, पुरानो बस्तीमा खानेपानी व्यवस्थापनलगायतका योजना राखिएका छन्।

वडाले बागमती नदी तटबन्धन तथा भू–क्षय नियन्त्रणका लागि विभिन्न स्थानमा तटबन्ध निर्माण गर्ने योजना अघि सारेको छ। सिकली, दुवटी, भालुपा, नारायणघाटलगायतका क्षेत्रमा नदी नियन्त्रणसम्बन्धी काम गरिने उल्लेख छ।

त्यस्तै, ढल निकास व्यवस्थापनका लागि विभिन्न स्थानमा ढल निर्माण तथा विस्तार गर्ने योजना राखिएको छ। खोकना सिमान क्षेत्रको ढल निकास, बसपार्क क्षेत्रको ढल निर्माण, घुम्ती सडक ढल निर्माणलगायतका कामहरू प्राथमिकतामा छन्।

ललितपुर–२१ को ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन सम्पदा संरक्षणका योजनाहरू पनि समेटिएका छन्। विभिन्न पाटी, ढुंगेधारा, मन्दिर, गुठी घर तथा धार्मिक स्थलहरूको पुनर्निर्माण र मर्मत सम्भार गरिने भएको छ।

वडाले पाटी निर्माण तथा पुनर्निर्माणतर्फ न्ह्यौ पाटी, गाबु पाटी, कृष्ण पाटी, सिकली पाटी, गणेश पाटीलगायतका सम्पदाहरूको संरक्षण गर्ने योजना बनाएको छ।

त्यस्तै, गुठी घर निर्माण तथा मर्मत सुधार, धार्मिक स्थल पूर्वाधार निर्माण, इनार संरक्षण तथा संवद्र्धनका कार्यक्रम पनि बजेटमा समावेश छन्।

वडाले कृषि क्षेत्रअन्तर्गत मल उत्पादन, कृषि सामग्री तथा अन्य सहयोगसम्बन्धी कार्यक्रमलाई समेत बजेटमा समावेश गरेको छ। साथै महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य लक्षित वर्गलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

वडा कार्यालयले विकास निर्माणसँगै स्थानीय सम्पदा, संस्कृति र परम्पराको संरक्षण गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: २०८३ साउन १३ गते बुधबार ०३:४८
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...

गण्डकीका चार विमानस्थल: करोडौँ लगानीमा बने, तर चलेनन्

लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ।   
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना