२०८३ कार्तिक १३ गते बिहिबार

रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी, किसान समस्यामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
transformar-(3)_2hDWVGZ5Ug

जनकपुरधाम: सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण(ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन्। रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन्।

गौशाला नगरपालिका १ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र नकटाझिज धनुषाले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरेको थियो। उक्त ट्रान्सफर्मरबाट डिप बोरिङमार्फत करिब १५–१६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो।

उनले ट्रान्सफर्मर चोरी भएपछि धानबाली लगाउने समयमा सिँचाइको समस्या भएको बताए। “गत २०८२ चैत ३० गते ट्रान्सफर्मर चोरी भएको विषयमा स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइसकेका छौं,” उनले भने, “तर अहिलेसम्म चोरी भएको ट्रान्सफर्मर फेला परेको छैन, नयाँ ट्रान्सफर्मर पनि जडान हुन सकेको छैन।”

उनका अनुसार ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म व्यवस्था हुन सकेको छैन। यसबाट किसानहरूलाई वैकल्पिक सिँचाइका उपाय खोज्न बाध्य बनाएको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियैतले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको बताए।

उनका अनुसार पछिल्ला पाँच वर्षमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। तीमध्ये सबैभन्दा धेरै महोत्तरी जिल्लाबाट २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएको तथ्यांक रहेको उनले जानकारी दिए।

चोरी भएका ट्रान्सफर्मरहरूको विवरण सङ्कलन गरी आवश्यक खोजतलास तथा अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको प्रमुख कुसियैतले बताए।

ट्रान्सफर्मर भित्रको तामाको क्वाइल तार बजारमा महंगो मूल्यमा बिक्री हुने भएकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय भएको प्रमुख कुसियैतको भनाई छ। ट्रान्सफर्मर चोरीका घटनाले कृषिमा प्रत्यक्ष असर पारिरहेको भन्दै स्थानीय किसानहरूले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित: २०८३ साउन १४ गते बिहिबार १२:५९
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना