जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ। विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरेपनि भीड घटेको छैन।
दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि आवेदन दिनेको संख्या बढ्दा राहदानी विभागमा यतिबेला अत्यधिक चाप छ। सेवाग्राहीको चाप बढेपछि विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा बिहीबारदेखि दुई सिफ्टमा सुरु गरेको छ।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। साउन २२ सम्म सेवा प्रवाह दुई सिफ्टमा हुनेछ।
यसैगरी, सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ।
















