२०८३ कार्तिक १४ गते शुक्रबार

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणसम्म: ब्रड पिकमै अस्ताए ‘निम्स दाइ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
photo_a75681a6

एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका नेपाली मूलका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो।

पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पु¥याएको थियो। विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण गर्ने कीर्तिमान बनाइसकेका निम्सदाईले ब्रड पिक सफल भएमा अर्को ऐतिहासिक उपलब्धिको नजिक पुग्ने देखेका थिए। उनको लक्ष्य थियो, विश्वका सबै १४ वटै आठ हजार मिटर भन्दा अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति बन्ने।

तर यही ऐतिहासिक लक्ष्य पछ्याउने क्रममा ८,०५१ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोले उनको जीवन यात्रा रोकिदियो। पाकिस्तान जानुअघि निम्सदाईको मुख्य योजना ग्यासरब्रुम–२ (जी–२) आरोहण मात्र थियो। तर अभियान सुरु गर्नुअघि उनले आफ्ना ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको आरोहण विवरण पुनः विश्लेषण गरे। त्यसपछि उनले सम्भावना देखे– यदि ब्रड पिक पनि आरोहण गर्न सके भने अब केवल चोओयू मात्र बाँकी रहनेछ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘यो कहिल्यै योजनामा थिएन। सुरुमा योजना केवल जी–२ आरोहण गर्ने थियो। तर पाकिस्तान जानुअघि मैले आफ्नो ८ हजार मिटर आरोहणको हिसाब गरेँ। त्यसपछि महसुस भयो– यदि ब्रड पिक पनि पूरा गरेँ भने केवल चो ओयू बाँकी रहनेछ। त्यसपछि म इतिहासमा पहिलो व्यक्ति बन्नेछु, जसले १४ वटै आठ हजार मिटर अग्ला हिमाल दुईपटक बिना अक्सिजन आरोहण गर्नेछ।’ उनले अवसर आफैं नचिच्याउने, बरु मौन रूपमा मेहनत गरिरहेकाहरूलाई संकेत गर्ने उल्लेख गरेका थिए।

म्याग्दीमा जन्मिएका निम्सदाई गोर्खा परिवारका सदस्य थिए। १८ वर्षको उमेरमा सन् २००३ मा उनी बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती भए। त्यसपछि सन् २००९ मा बेलायतको विशेष फौज (यूके स्पेशल फोर्सेस) मा छनोट भए।

१६ वर्षको सैन्य सेवाका क्रममा उनले अनुशासन, जोखिम व्यवस्थापन र कठिन परिस्थितिमा निर्णय गर्ने क्षमता विकास गरे। यही अनुभवले उनलाई पर्वतारोहणमा पनि सफल बनायो। उनले सन् २०१२ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्दै पर्वतारोहण यात्रा सुरु गरेका थिए। सन् २०१८ मा सेनाबाट अवकाश लिएपछि उनले पूर्णकालीन रूपमा पर्वतारोहणलाई आफ्नो करियर बनाए।

६ महिना ६ दिनमा १४ हिमाल आरोहण

निम्सदाई विश्व पर्वतारोहण क्षेत्रमा सन् २०१९ मा चर्चाको शिखरमा पुगे। उनको ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरे।

यो उपलब्धिले उनलाई विश्वकै साहसी पर्वतारोहीमध्ये एक बनायो। उनको जीवन यात्रा र अभियानमाथि आधारित नेटफ्लिक्स वृत्तचित्र ‘फोर्टिन पिक्स नथिङ इज एम्पोसिबल’ले पनि उनलाई विश्वभर चिनायो। सन् २०२३ मा नर्वेली आरोही क्रिस्टिन हरिलाले ३ महिना १ दिनमा १४ हिमाल आरोहण गर्दै उनको समय कीर्तिमान तोडे पनि निम्सदाईको उपलब्धि आधुनिक पर्वतारोहण इतिहासको महत्वपूर्ण अध्यायका रूपमा रह्यो।

अन्तिम आरोहण र अधुरो सपना

ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोपछि निम्सदाईसहित १० जना आरोही प्रभावित भएका थिए। उनको ट्र्याकिङ उपकरणमा केही समयसम्म हलचल देखिएपछि उनी जीवित रहेको आशा गरिएको थियो। तर उद्धार टोलीले करिब ४८ घण्टापछि उनको शव फेला पारेको जनाएको छ।

उनको अन्तिम अभियान केवल एउटा हिमाल चढ्ने प्रयास थिएन। त्यो विश्व पर्वतारोहण इतिहासमा अर्को असम्भव देखिएको लक्ष्य पूरा गर्ने यात्राको हिस्सा थियो। गोर्खा सैनिकको अनुशासन, नेपाली हिमालको साहस र विश्व कीर्तिमानको भोक बोकेका निम्सदाई अन्ततः त्यही हिमालमै विलीन भए, जहाँ उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पछ्याइरहेका थिए। एएनआई

प्रकाशित: २०८३ साउन १७ गते आईतबार १२:१०
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना