काठमाडौं। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य छन्।
भरी सिलिन्डर ग्यास पठाउन थालिएसँगै खाना पकाउने ग्यासको आपूर्तिमा समस्या देखिएको हो।
नेपाल आयल निगमले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताहरू भने खाली सिलिन्डर बोकेर डिलरहरूमा लाइन लाग्न बाध्य छन्।
ग्यास अभाव चर्किएपछि आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधामात्र भरिएको ७.१ किलो सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो। गत असार अन्तिमदेखि लागू हुने गरी निगमले सम्पूर्ण ग्यास उद्योगीहरूलाई पूरा तौलको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो।
