२०८३ कार्तिक ११ गते मङ्गलबार

१० वर्षमा नेपाल र विश्वको प्रविधि सँगसँगै पुग्छ : मन्त्री रेखा शर्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ८
rekha_sharma

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल आगामी १० वर्षमा विश्वको प्रविधिसँग बराबरी गर्ने गरि विकास गर्ने बताएकी छन्। उनले सरकारले सूचना र प्रविधिका क्षेत्रमा धेरै काम गरिरहेको बताउँदै १० वर्षपछि नेपालको प्रविधि विश्वस्तरिय हुने बताइन्।

‘हामीले क्याबिनेटमा पनि सूचना प्रविधिको कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका नै छौं। अबको १० वर्षमा विश्वको प्रविधिसँगै हामी पनि सँगैसँगै जानेछौं,’ नेपाल डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री शार्माले भनिन्।

तर नेपालमा नीजि क्षेत्रको मात्र नभइ सरकारी क्षेत्रले पनि प्रविधिमा खासै उल्लेख्य काम गर्न सकेको छैन। केही दिन अघि मात्र डेटा सेन्टरको ट्रान्सफर्मर पड्किएपछि धेरै समय सरकारी ह्वेभसाइट चल्न सकेका थिएनन। त्यसबारे गरिएको प्रश्नमा रेखाले ब्याकप नहुँदा त्यस्तो भएको बताएकी छन्।

‘रुख ढलेर विद्युत काटियो र ब्याकपले काम गरेन अनि केही समय समस्या भयो। सर्भर डाउन हुँदा वैकल्पिक माध्यमबाट बिध्युत आउनुपर्ने थियो आएन,’ उनले भनिन्, ‘डिजिटलमा थोरै बिगृयो भने धेरै नोक्सानी हुन्छ। हामीले दोहोरो ब्याकप राअख्नु पर्छ। अस्ति डेटा सेन्टरमा भको त्यही हो।’

यता अहिले प्रविधिको दुरुपयोग बढ्दो छ। अहिले डिजिटल माध्यमबाट समेत चोरी, ठगी, ह्याकिङका कारण धेरै समस्या उत्पन्न भइरहेका हुन्छ। त्यस्तै, कारणले प्रविधिको दुरुपयोग भइरहेको छ। त्यसैले अबको कामहरुले त्यसलाई रोक्नुपर्ने मन्त्री शर्माको भनाइ छ।

‘त्यो दुरुपयोग रोक्न काम गर्नु पर्छ। त्यसका लागि साइबर सुरक्षा, प्रविधि कानुनको बिकास गर्नेछौ,’ उनले भनिन, ‘यसका लागि४ वर्ष अघि अगाडि बढाएको सूचना प्रविधि फ्रेमवर्कमा पनि समन्वय आवश्यक छ। यो यस्तो क्षेत्र हो जसले हरेक वर्ष परिवर्तन खोज्छ। सवै क्षेत्रलाई चाहिने समेटने क्षेत्र प्रविधिमा चाहिन्छ।

यता सरकारले विकास गरेको डिजिटल नेपालको फ्रेमवर्क पनि को आलोचना गर्दैको डिजिटल लिडरवारे कुरा नभएको जति ठूला परियोजना ल्याएको भए पनि ग्रासरुटमा असर नपर्ने भन्दै आलोचना भने भइरहकै छ। तर यो विषयको खण्डन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता आवशक रहेको र कार्यक्रम बनाएर जानकारी भएन भने कसरी प्रयोग हुन्छ भन्ने थाहा नहुने बताएकी छन्।

अहिले आईसीटीको विकासले सरकारले नियन्त्रण गर्न नसक्ने गरि प्रविधीको विकास भएको छ। सरकारले यो नियन्त्रण गर्न कस्तो सोच राखेको छ ? भन्ने प्रश्नमा शर्माले भनिन्, ‘अवसरसँगै चुनौती पनि हुन्छ। नयाँ कुराले समस्या र चुनौती सँगै हुन्छ। त्यसलाई समाधान गर्न सक्षम हुनुपर्छ। त्यो ब्रेनलाई हामीले सरकारी क्षेत्रमा समावेस गराउनु पर्छ। हामी यो सूचना र प्रविधि को प्रयोग गर्ने ब्रेनले नियन्त्रण गर्ने ब्रेन पनि हुन्छ।’

अब सरकारले निजामति सेवामा पनि आईटिसीबारे जानकार मानिसहरु राख्नेगरि सरकारले नियम बनाउने भएको छ।
किनभने अहिले आईसीटिमा दक्ष जनशक्ति सरकारी भन्दा पनि प्राइभेटमा आकर्षक धेरै छ। ‘कर्मचारी सरकारी क्षेत्रमा चाइन्छ भनेर तान्न खोजिरहेका छौं। डिजिटल नेपाललाई सार्थकता दिने विज्ञहरुले ४० हजार मासिक तलबले काम गर्न सक्दैनन्। सेवा पनि राम्रो दिने काम पनि राम्रो गराउने भनेर हाइबृड सिस्टम लागू गर्ने सोच छ,’ मन्त्री शर्माले भनिन्।

निजामती सेवाको व्यवस्था गरेर राम्रा मानिस ल्याउनु पर्ने उनको तर्क छ। उनले अन्तिममा भनिन्, ‘हामीले प्रविधिलाई ठीक ढंगले प्रयोग गरिरहेका छौं तर जति गर्नु पर्ने हो त्यति चाहिँ गर्न्स सकेको छैन।’

प्रकाशित: २०८० असार ८ गते शुक्रबार ०३:०३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना