२०८३ कार्तिक १४ गते शुक्रबार

सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
photo-1_08622b8d

काठमाडौं। काठमाडौं उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङ (सिक्री लुटपाट) का घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको जनाएको हो।

प्रहरीका अनुसार उक्त समूहले विशेषगरी महिला तथा वृद्धाहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ। प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने तथा घाइते बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

विगतका गुण्डागर्दी, चोरी तथा लुटपाटसम्बन्धी घटनाहरूको प्रोफाइलिङ र विश्लेषणका आधारमा प्रहरीले समूहका सदस्यहरूको पहिचान गरी खोजी थालेको थियो।

यसक्रममा कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा चार जनालाई गत साउन १५ गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङको पहिचान भएपछि प्रहरीले उनको खोजी थालेको थियो।

प्रहरीका अनुसार साउन १६ गते राति १०ः२५ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित गाम्चाको पानी ट्याङ्की नजिकबाट कर्मा तामाङलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमणको प्रयास गरेको जनाएको छ। प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि आक्रमणको प्रयास जारी राख्दै मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइते तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान खुकुरी, मोटरसाइकलका विभिन्न पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक र मास्टर की लगायतका सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार कर्मा समूहले विशेषगरी २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी प्रयोग गर्ने गरेको खुलेको छ। चोरी गरिएका मोटरसाइकलको तत्काल नम्बर प्लेट परिवर्तन गरी सिक्री तथा गरगहना लुटपाटमा प्रयोग गर्ने र घटनापछि पुनः स्वरूप परिवर्तन गरी उपत्यका बाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८३ साउन १७ गते आईतबार ०६:२७
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना