२०८३ साउन २७ गते बुधबार

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
New Project – 2026-08-02T183937.283

काठमाडौँः मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो ।

यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो । आफन्तसँग सम्पर्क गर्न, अत्यावश्यक सूचना आदान–प्रदान गर्न तथा अनलाइन सेवा लिन ठूलो सास्ती व्यहोर्दै आएका स्थानीयका लागि फोरजी टावर सञ्चालनसँगै सो कठिनाइ अन्त्य भएको स्थानीय राजेश बढुवालले बताए।

टावर सञ्चालनमा आएसँगै अब बाम गाउँ प्रत्यक्ष रूपमा विश्वसँग जोडिने भएको छ । उच्च गतिको इन्टरनेट सेवा उपलब्ध भएसँगै स्थानीय विद्यार्थीहरूलाई अनलाइन अध्ययन गर्न, सर्वसाधारणलाई सरकारी तथा डिजिटल सेवा लिन र पर्यटन, व्यवसाय एवं आपतकालीन अवस्थामा सञ्चार गर्न सहज हुनेछ ।

दुर्गम बस्तीका नागरिकका लागि यो सेवा विस्तार विकासको एक महत्वपूर्ण खुड्किलो साबित भएको नेपाल टेलिकमका प्राबिधिक प्रेम बहादुर रोकायाले बताए ।

यस ऐतिहासिक उपलब्धिका लागि निरन्तर पहल, समन्वय र सहयोग गर्ने अनिल बानियाँ, नेपाल टेलिकमको प्राविधिक टोली, जनप्रतिनिधि तथा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति गाउँलेले हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

सञ्चार सेवा पुगेसँगै बाम गाउँ अब अन्धकार र एक्लोपनबाट विश्वसँगको सीधा सम्पर्कतर्फ अघि बढेको स्थानीयको भनाइ रहेको छ ।

प्रकाशित: २०८३ साउन १७ गते आईतबार ०६:३९
प्रतिक्रिया

थप समाचार

फुटबलबाट मेस्सीले सन्यास लिएका हुन्?

काठमाडौँ: अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। फ्रेन्च...

धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास

धनुषा: धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूलकुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी...

बलियो वृद्धिका बाबजुद विश्वको चौथो ठूला अर्थतन्त्र भारत कसरी झर्यो छैठौं स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना