काठमाडौँ: पछिल्ला दिनमा बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योग मन्त्रालय र नेपाल आयल निगमले ग्यासको अभाव नरहेको दाबी गरिरहेको छ।
तर त्यसको विपरीत बजारमा भने ग्यास पाउनै मुस्किल देखिन्छ। पछिल्लो समय राजधानी काठमाडौँ बाहिर यस्तो समस्या ज्यादा देखिएकोमा अहिले काठमाडौँ उपत्यकामा पनि ग्यासको चरम अभाव देखिएको छ।
ग्यासको अभाव भएपछि काठमाडौँको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिन थालेको छ।






















