२०८३ कार्तिक १२ गते बुधबार

विकासशील देशलाई एआई प्रयोग गर्न आग्रह गर्दै विश्व बैंकले भन्यो: नत्र पछि परिन्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २०
World-Bank-1024×570-1-750×375

काठमाडाैँ: विश्व बैंकले विकासशील देशलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग विस्तार गर्न आग्रह गर्दै यसलाई बेवास्ता गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी दिएको छ।

विश्व बैंक समूहको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।

‘एआइले विकासशील अर्थतन्त्रका लागि जीवनरेखाजस्तो अवसर दिएको छ र उनीहरूले यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने। उनले एआईका फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए।

मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्छन्।

यस्ता एआई प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्यधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकले जारी गरेको विज्ञप्तिमा विकासशील अर्थतन्त्र तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै एआइले सन् २०२० को दशकको अन्त्यसम्ममा उनीहरूको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएको छ।

प्रतिवेदनले एआइको प्रयोगमार्फत महँगो चिकित्सा, कानुनी, शैक्षिक र कृषि सेवा सेवाबाट वञ्चित अर्बौं मानिससम्म पुर्‍याउन सकिने उल्लेख गरेको छ।

लगातारका आर्थिक चुनौती
विश्व बैंकका अनुसार कम आय भएका देश २०२० को दशकभरि नै विभिन्न सङ्कटको सामना गरिरहेका छन्। महामारीपछिको आर्थिक प्रभाव, द्वन्द्व र अन्य विश्वव्यापी चुनौतीका कारण उनीहरूको आर्थिक वृद्धिमा ठूलो दबाब परेको छ।

बैंकले विकासशील देशलाई स्थानीय आवश्यकताअनुसार एआई समाधान विकास गर्न, विद्युत् उत्पादन तथा वितरणमा लगानी बढाउन, कम्प्युटिङ क्षमतामा पहुँच विस्तार गर्न र स्थानीय तथ्याङ्क प्रणाली सुधार गर्न सुझाव दिएको छ।

प्रतिवेदन निर्देशक गौरव नायरले एआइले लामो समयदेखि समाधान हुन नसकेका समस्या सम्बोधन गर्ने ‘जीवनमा एक पटक आउने अवसर’ प्रदान गरेको बताए।

प्रतिवेदनले विकासशील देशमा रहेका करिब छ अर्ब ८० करोड मानिस (विश्व जनसङ्ख्याको करिब ८३ प्रतिशत)का आवश्यकताअनुसार एआई उपकरणलाई अनुकूल बनाउनुपर्नेमा जोड दिएको छ।

यसले बङ्गलादेशमा मधुमेह परीक्षण विस्तार तथा भारतमा उन्नत मौसम पूर्वानुमानमार्फत किसानलाई सहयोग पुर्‍याउने एआई प्रयोगका उदाहरण प्रस्तुत गरेको छ।

विश्व बैंकले स्मार्टफोनको पहुँच नभएका मानिसका लागि सामान्य मोबाइल फोनमा आवाजमार्फत प्रयोग गर्न सकिने एआई समाधान विकास गर्नुपर्ने उल्लेख गरेको छ।

विश्वास र असमानताको चुनौती

विश्व बैंकले एआई विस्तार गर्दा सार्वजनिक विश्वास कायम गर्नुपर्नेमा पनि जोड दिएको छ। एआई प्रयोगका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिए वा व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर भएमा जनविश्वास पुनःस्थापित गर्न कठिन हुने चेतावनी दिएको छ।

प्रतिवेदनले एआइले देशबिचको आर्थिक खाडल अझ फराकिलो बनाउन, आन्तरिक असमानता बढाउन, बजार शक्ति केही संस्थामा केन्द्रित गर्न र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर बनाउन सक्ने जोखिम औँल्याएको छ।

रोजगारीमा तत्काल ठुलो असर नदेखिए पनि दीर्घकालमा एआइले मध्यमवर्गीय रोजगारीका केही अवसर विस्थापित गर्न सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ।

विश्व बैंकले प्रतिवेदन तयार गर्न ओपनएआई, डीपसिक, गुगल र एन्थ्रोपिकलगायतका एआई उपकरणको समेत प्रयोग गरिएको जनाएको छ।

प्रकाशित: २०८३ साउन २० गते बुधबार १०:५२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना