२०८३ साउन २७ गते बुधबार

कच्चा तेल आपूर्तिका लागि होर्मुज र बाब अल–मान्डेब स्ट्रेटको वैकल्पिक मार्गको खोजी भएको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
bab_al

बीबीसी। अमेरिका र इरानबीच तनावले विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक जलक्षेत्रमध्ये एउटा स्ट्रेट अफ होर्मुज पुनः एकपटक विश्वको ध्यानको केन्द्रमा परेको छ।

स्थायी रूपमा द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहितको अन्तरिम सम्झौतामा हस्ताक्षर गरेको केवल एक महिनापछि दुवै देशले फेरि एकअर्का विरुद्ध आक्रमण गर्न थालेका छन्। यसरी बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि उकालो लागेको छ।

यदि होर्मुजुबाट पानीजहाज सञ्चालन अत्यधिक जोखिमपूर्ण बन्यो भने खाडी क्षेत्रका तेल तथा ग्यास निर्यातकर्ताले आफ्ना उत्पादन विश्व बजारसम्म पुर्‍याउन अन्य वैकल्पिक जलमार्ग प्रयोग गर्न सक्लान् त?

विज्ञहरूका अनुसार केही वैकल्पिक मार्गहरू उपलब्ध भए पनि हालको अवस्थामा स्ट्रेट अफ होर्मुजको रणनीतिक महत्त्व र क्षमता पूर्ण रूपमा प्रतिस्थापन गर्नसक्ने कुनै पनि विकल्प छैन।

इरान र ओमानबीचको साँघुरो समुद्री क्षेत्र स्ट्रेट अफ होर्मुजु खाडी क्षेत्रबाट उत्पादन हुने अधिकांश तेल र ग्यास निर्यातको प्रमुख मार्गका रूपमा अझै कायम छ। यसको मुख्य कारण यसको विशाल क्षमता, लचकता र तुलनात्मक रूपमा कम लागत हो।

पाइपलाइन सञ्चालनको तुलनामा तेलवाहक ट्यांकरहरुले कम खर्चमा धेरै परिमाणमा तेल ढुवानी गर्न सक्छन्। पाइपलाइन निर्माण र सञ्चालनका लागि पूर्वाधार तथा मर्मतसम्भारमा ठूलो लगानी आवश्यक पर्छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)का अनुसार स्ट्रेट अफ होर्मुजबाट दैनिक दुई करोड ब्यारेल तेल तथा पेट्रोलियमजन्य पदार्थ ओसारपसार हुन्छ। जुन विश्वको समुद्री मार्गबाट हुने कुल तेल व्यापारको करिब एक चौथाइ हो। तीमध्ये करिब ८० प्रतिशत तेल एसियाली बजारतर्फ पठाइन्छ। यही जलमार्गबाट विश्वको कुल तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातको झन्डै पाँचौँ भाग पनि ढुवानी हुन्छ।

एलएनजीका हकमा स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता अझ बढी छ। विश्वका सबैभन्दा ठूला एलएनजी निर्यातकर्तामध्ये एउटा कतार अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन यही मार्गमा भर पर्छ। अहिले कतारको एलएनजी निर्यातका लागि यसलाई प्रतिस्थापन गर्नसक्ने ठूलो स्तरको कुनै वैकल्पिक मार्ग उपलब्ध छैन।

स्ट्रेट अफ होर्मुजले इरानलाई विश्व ऊर्जा बजारमा उल्लेखनीय प्रभाव पार्ने क्षमता दिने भएकाले खाडी क्षेत्रका तेल उत्पादक राष्ट्रहरूले लामो समयदेखि यो जलमार्गमा निर्भर नरही तेल ढुवानी गर्न सकिने पूर्वाधारमा लगानी गर्दै आएका छन्।

यी मध्येको सबैभन्दा ठूलो परियोजना साउदी अरेबियाको इस्टवेस्ट पाइपलाइन ुपेट्रोलाइन हो। करिब १२०० किलोमिटर लामो यो पाइपाइनले साउदी अरेबियाको पूर्वी तेल क्षेत्रलाई रेड सीस्थित यान्बु निर्यात टर्मिनलसँग जोड्छ।

यो पाइपलाइन सन् १९८० को दशकमा इरान–इराक युद्धका क्रममा दुवै देशले खाडी क्षेत्रमा तेलवाहक ट्यांकर तथा अन्य व्यापारिक जहाजलाई निशाना बनाएपछि निर्माण गरिएको थियो। सन् २०१९ मा यसको क्षमता बढाएर आपत्कालीन अवस्थामा दैनिक ७० लाख ब्यारेल तेल ढुवानी गर्नसक्ने बनाइएको थियो।

संयुक्त अरब एमिरेट्स (यूएई) ले पनि आफ्नो वैकल्पिक मार्ग बनाएको छ। ४०६ किलोमिटर लामो आबुधाबी क्रुड आयल पाइपलाइनले आबुधाबीको हब्शान तेल क्षेत्रलाई ओमानको खाडीस्थित फुजैराह बन्दरगाहसँग जोड्छ। यहाँबाट स्ट्रेट अफ होर्मुज प्रयोग नगरी नै तेल निर्यात गर्न सकिन्छ।

फाइनान्सियल टाइम्सका अनुसार दुबईस्थित बन्दरगाह सञ्चालक डीपी वर्ल्डले फुजैराहमा नयाँ बहुउद्देश्यीय बन्दरगाह निर्माण तथा हालको बन्दरगाहमा नयाँ टर्मिलन थप्ने विषयमा छलफल गरिरहेको छ। यी परियोजनाको उद्देश्य दुबईको मुख्य व्यापारिक केन्द्र जेबेल अलीमाथिको निर्भरता घटाउनुका साथै स्ट्रेट अफ होर्मुजबाहिरको समुद्री मार्गमा पहुँच विस्तार गर्नु हो।

मुख्य चुनौती भनेको क्षमताको हो। वैकल्पिक मार्गहरू भए पनि अन्तर्राष्ट्रिय ऊर्जा केन्द्र आईईएका अनुसार उनीहरूले दैनिक ३५ लाखदेखि ५५ लाख ब्यारेल तेलमात्रै अन्यत्र पठाउन सक्छन्। यो स्ट्रेट अफ होर्मुजबाट सामान्यतया दैनिक ओसारिने २ करोड ब्यारेल तेलको तुलनामा निकै कम हो।

यो अझै पनि पर्याप्त होइन, किङ्स कलेज लन्डनका अन्तर्राष्ट्रिय सुरक्षा तथा मध्यपूर्व अध्ययनका सहायक प्राध्यापक डेबिड बी रोबर्ट्सले हालै प्रकाशित एउटा लेखमा लेखेका छन्।

वैकल्पिक मार्गहरू भए पनि व्यवहारिक सीमितताले तिनको उपयोगिता घटाउँछ। उदाहरणका लागि रोबर्ट्सका अनुसार यान्बुका तेल लोड गर्ने टर्मिनलहरू यति तेल यति छोटो समयमा ढुवानी गर्न डिजाइन गरिएका थिएनन्।

यी दुवै मार्ग हमलाको निशानामा पनि परेका छन्। गत मार्च महिनामा यूएईले इरानमाथि फुजैराहका तेल भण्डारण केन्द्रमा आक्रमण गरी ट्यांकरहरुमा आगो लगाएको र त्यसका कारण तेल लोड गर्ने काम रोक्नुपरेको आरोप लगाएको थियो।

व्यवहारमा भने अन्तर्राष्ट्रिय प्रतिबन्ध र निर्यात टर्मिनलको पूर्वाधार अझै पूर्ण रूपमा तयार नभएकाले यसको वास्तविक ढुवानी क्षमता लक्ष्यअनुसार उपयोग हुनसकेको छैन।

स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता घटाउन नयाँ निर्यात मार्गहरूको सम्भावनाबारे पनि विचार भइरहेको छ।

त्यसमध्येको एउटा विकल्प किर्कुक–जेहान पाइपलाइन हो। करिब ९६० किलोमिटर लामो यो पाइपलाइनले उत्तरी इराकको किर्कुक क्षेत्रबाट तेल टर्कीको भूमध्यसागरीय बन्दरगाह जेहानसम्म पुर्‍याउँछ।

उक्त पाइपलाइन करिब साढे दुई वर्ष बन्द रहेपछि सन् २०२५ को सेप्टेम्बरमा पुनः सञ्चालनमा आएको थियो। सन् २०२६ को मार्च महिनासम्म आइपुग्दा यसमार्फत दैनिक करिब २ लाख ५० हजार ब्यारेल तेल ढुवानी हुन थालेको थियो। यसले इराकलाई वैकल्पिक निर्यात मार्ग उपलब्ध गराएको भए पनि यसको क्षमता देशको कुल तेल निर्यातको तुलनामा अझै निकै सानो छ।

इराकले दैनिक करिब ३४ लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ जसमध्ये करिब ९५ प्रतिशत तेल दक्षिणी बन्दरगाह बसरा हुँदै स्ट्रेट अफ होर्मुज पार गरेर विश्वबजारमा पुग्छ।

अर्को सम्भावित विकल्प भनेको किर्कुक–बानियास पाइपलाइन पुनः सञ्चालनमा ल्याउनु हो। यसबाट इराकी तेल खाडी क्षेत्र हुँदै सिरियाको भूमध्यसागर तटसम्म पुर्‍याउन सकिनेछ।

महत्त्वाकांक्षी प्रस्तावमध्ये एउटा फोर सिज प्रोजेक्ट हो। यो योजनाअन्तर्गत सिरिया र टर्की हुँदै भूमध्यसागर, ब्ल्याक सी, क्यास्पियन सी र अरेबियन गल्फलाई जोड्ने यातायात तथा ऊर्जा सञ्जाल निर्माण गर्ने प्रस्ताव गरिएको छ।

बसरा–अकाबा पाइपलाइन परियोजनालाई पुनः अघि बढाउन पनि आवाज उठ्न थालेको छ। पहिलोपटक सन् १९८३ मा प्रस्ताव गरिएको यो परियोजनलाले इराकी तेललाई जोर्डनको रेड सी बन्दरगाहसम्म पुर्‍याउने लक्ष्य राखेको छ। तर राजनीतिक विवाद र वित्तिय चुनौतीका कारण यसको विकास पटकपटक रोकिँदै आएको छ।

समर्थकहरूका अनुसार यस्ता वैकल्पिक मार्गले खाडी क्षेत्रमा उत्पन्न हुने अवरोधको प्रभाव कम गर्नेछन् र विश्व ऊर्जा आपूर्तिमाथि इरानको प्रभाव पनि कमजोर बनाउनेछन्।

तर। सिङ्गापुरस्थित एस राजारत्नम स्कूल अफ इन्टरनेसनल स्टडीजका वरिष्ठ विश्लेषक हुजेइर इजेकिएल जुलहिशमले हालै प्रकाशित एउटा अध्ययनमा यस्ता परियोजनाले नयाँ प्रकारको निर्भरता सिर्जना गर्नसक्ने चेतावनी दिएका छन्।

यी मार्गहरूले ऊर्जा उत्पादन नगर्ने तथा ट्रान्जिट देशहरूलाई ऊर्जा व्यापारमाथि अझ बढी नियन्त्रण दिनेछन्, उनले लेखेका छन्।

उनका अनुसार यसको परिणामस्वरुप टर्कीजस्ता देशहरूले ऊर्जा व्यापारमा अझ ठूलो रणनीतिक प्रभाव हासिल गर्न सक्छन्।

सुरक्षा पनि अझै ठूलो चुनौतीका रूपमा कायम छ। जुलहिशमका अनुसार इराक वा सिरिया हुँदै जाने कुनै पनि मार्गमा क्षेत्रीय अस्थिरता, सशस्त्र समूहरूको गतिविधि तथा ऊर्जा पूर्वाधारमाथि हुनसक्ने आक्रमण जस्ता जोखिम कायमै रहन्छ।

खाडी क्षेत्रका तेल तथा ग्यास निर्यातकर्ताले स्ट्रेट अफ होर्मुजमाथिको निर्भरता घटाए पनि ऊर्जा ढुवानीका वैकल्पिक मार्गसँग जोडिएका भूराजनीतिक जोखिमबाट भने उनीहरू पूर्ण रूपमा मुक्त हुनसक्ने देखिँदैन।

एउटा उदाहरण भनेको इजिप्टको एसयूएमईडी पाइपलाइन हो। यसले रेड सीलाई भूमध्यसागरसँग जोड्छ र स्वेज क्यानल प्रयोग नगरी युरोपतर्फ तेल निर्यात गर्ने वैकल्पिक मार्ग उपलब्ध गराउँछ। यो पाइपलाइनबाट दैनिक २५ लाखदेखि २८ लाख ब्यारेल तेल ढुवानी गर्न सकिन्छ।

रेड सी र बाब अल–मान्डेब स्ट्रेटमा व्यावसायिक पानीजहाजमाथि हुथी विद्रोहीहरूले गरेका आक्रमणले स्वेज मार्गसँग जोडिएको सम्पूर्ण यातायात प्रणालीमाथीको जोखिमलाई देखाएको छ।

अमेरिकाले आक्रामक गतिविधि अन्त्य नगरेसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने इरानको रिभोलुसनरी गार्ड्सले जनाएको थियो। साथै, खाडी क्षेत्रका अन्य तेल तथा ग्यास निर्यात गर्ने मार्गहरूमा पनि अवरोध पुर्‍याउने चेतावनी उसले दिएको छ।

होर्मुजमा कम निर्भर?

बेलायतस्थित थिंंक ट्यांक रोएल युनाइटेड सर्भिसेज इन्स्टिच्यूटका मध्यपूर्व मामिलाका विशेषज्ञ एच ए हेल्यरका अनुसार खाडी मुलुकहरू स्ट्रेट अफ होर्मुजको आफ्नो निर्भरता घटाउन झन् दृढ बन्दै गएका छन्।

गल्फ अरब राष्ट्रहरूले भविष्यमा स्ट्रेट अफ होर्मुजसँग जोडिएको जोखिमलाई सकेसम्म कम गर्ने प्रयास गर्नेछन्।

हेल्यरका अनुसार विगतजस्तो गरी स्ट्रेट अफ होर्मुजमाथि भर पर्न अब सम्भव नरहेकाले क्षेत्रीय सरकारहरूले वैकल्पिक निर्यात मार्गहरूको विकासलाई निरन्तरता दिने सम्भावना धेरै छ। तर ती वैकल्पिक मार्गहरूले स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न भने नसक्ने उनको विश्वास छ।

एउटा मार्गलाई अर्कोले पूर्ण रूपमा विस्थापन गर्ने अवस्था आउने छैन्।

देशहरूले कुनै पनि क्षेत्रीय शक्तिमाथिको निर्भरता घटाउन सकेसम्म वैकल्पिक मार्ग अपनाउने प्रयास गर्ने भएकाले भविष्यमा स्ट्रेट अफ होर्मुजको रणनीतिक रूपमा ूमहत्त्व बढ्नुको सट्टा घट्दै जानेू उनी ठान्छन्।

यो क्षेत्रका देशहरू इजरेलको वर्चस्व चाहँदैनन् तर उनीहरू इरानको प्रभुत्वमा रहन पनि इच्छुक छैनन्।

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ११:३६
प्रतिक्रिया

थप समाचार

भारत: विश्वको चौथो ठूलो अर्थतन्त्र, बलियो वृद्धिका बाबजुद कसरी झर्‍यो छैटौँ स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

इरानबाट हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमार्फत यात्रा गरेको खुलासा भएको छ। वासिङ्टन पोस्टका अनुसार गत जुलाई ८...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु, ५७० घाइते

काठमाडौं। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका...

चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

एजेन्सी: चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ। यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन्। इन्धन भर्ने रोबोट ग्यास...

सांघाईमा एक हजार ३०० उडान रद्द, तीन लाख ९० हजार मानिसलाई स्थानान्तरण गरियो

टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना