२०८३ कार्तिक १२ गते बुधबार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
norvic pix (2) (1)

काठमाडौं। व्यवसायिक घरना बीएलसी ग्लोबल होल्डिङ्सले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ।

नर्भिकले गत आर्थिक वर्ष ०८२/०८३ मा गरेको नाफाबाट सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने भएको हो। जसअनुसार २२.१० प्रतिशत नगद र बाँकी २० प्रतिशत बोनस सेयर दिने नर्भिकले जनाएको छ।

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाबाट पारित भएपछि हस्पिटलले लाभांश वितरण गर्नेछ। नर्भिकले वर्षेनी सेयरधनीहरुलाई ४२ प्रतिशत हारहारीमा लाभांश दिँदै आएको छ।

बोनस सेयरबाट हुन आउने चुक्ता पुँजीको २० प्रतिशत अर्थात २५ लाख कित्ता बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी हस्पिटलले गरेको छ।

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

बुकबिल्डिङ सेयर मूल्य तय भएको छैन्। सभाले संस्थागत लगानीकर्तालाई वितरण गर्ने विवरणपत्र स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने हस्पिटलले जनाएको छ।

आईपीओ निष्काशन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

अस्पतालले ३ अर्ब ३२ करोड रुपैयाँको थप लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको नयाँ पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ। आगामी माघसम्म सञ्चालनमा ल्याउने तयारी भएको नर्भिकले जनाएको छ।

२०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण निर्माण सुरु भएको हो। हाल ११६ शैय्या सञ्चालनमा रहेकोमा क्षमता बढेपछि २७५ पुग्नेछ। १५९ बेड थप्न लागेको अस्पतालले जनाएको छ।

यस क्रममा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने चिकित्सा उपकरण खरिद प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेको छ।

नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।

अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बनेको छ।

नर्भिकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब चार करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सन् २०२५मा अस्पतालले दुई अर्ब २६ करोड ३० लाख सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।

 

 

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०८:३०
प्रतिक्रिया

थप समाचार

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना