काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस दिन १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको हो।
मंगलबार बेनी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, कारोबारमा आएका कम्पनीमध्ये युनिलिभर नेपालको सेयरमूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको मंगलबार २८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
समग्रमा मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकममा वृद्धि भएको देखिएको छ।


