२०८३ साउन २७ गते बुधबार

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
norvic

काठमाडौँ: मुलुकमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितका अस्पताल सञ्चालनमा आउन थालेका छन्। यस्ता दर्जनौं नयाँ अस्पतालहरू पाइपलाइनमा छन। सञ्चालनमा रहेका अस्पतालहरूले पनि क्षमता बढाएर मल्टिस्पेसियालिटीमा परिणत गर्न थालेका छन्।

यसैबीच निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्टरनेसनल अस्पताल एन्ड मेडिकल कलेजले आफ्नो सेवा र क्षमतामा उल्लेख्य विस्तार गर्दैछ। बीएलसी ग्लोबल होल्डिङ्स अन्तर्गतको यस अस्पतालले ३ अर्ब ३२ करोड रुपैयाँको थप लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको नयाँ पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। आगामी माघसम्म सञ्चालनमा ल्याउने तयारी भएको नर्भिकले जनाएको छ।

२०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण निर्माण सुरु भएको हो। गत वर्षको अप्रिलसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि समयमै काम नसकिएपछि थप एक तलाको निर्माण, उपकरणको विशिष्टतामा परिवर्तन र बिक्रेतासम्बन्धी हेरफेरका कारण परियोजना लम्बिएको हो। यसकारण परियोजनाको लागत पनि संशोधन भएको छ। यसअघि तीन अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।

हाल ११६ शैय्या सञ्चालनमा रहेकोमा क्षमता बढेपछि २७५ पुग्नेछ। १५९ बेड थप्न लागेको अस्पतालले जनाएको छ। क्षमता विस्तारमा नर्भिकले तीन अर्ब ३२ करोड रुपैयाँ बढी लगानी थपेको छ।

नर्भिकले संशोधित परियोजना लागतको करिब ५८ प्रतिशत खर्च गरिसकेको छ। यस क्रममा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने चिकित्सा उपकरण खरिद प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेको छ।

बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल

नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।

अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बनेको छ।

राजनीतिक अवरोध, निर्वाचन, र चिकित्सा उपकरण आयातमा आपूर्ति श्रङखलासम्बन्धी चुनौतीहरू जस्ता बाह्य कारणले सिर्जित ढिलाइ भएको हो। एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ ऋणको व्यवस्थापन भइसकेको छ। बाँकी रकमको जोहोसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको छ।

नौ महिनामा दुई अर्ब बढीको व्यापार

नर्भिकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब चार करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सन् २०२५मा अस्पतालले दुई अर्ब २६ करोड ३० लाख, २०२४ मा दुई अर्ब तीन करोड ३० लाख र २०२३ मा एक अर्ब ९४ करोड रुपैयाँ व्यापार गरेको रेटिङका लागि सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

विरामीको संख्या बढेको र अकुपेन्सी दर उच्च भएकाले नौ महिनामा दुई अर्ब बढी आम्दानी भएको अस्पतालले जनाएको छ। अस्पताल मार्जिन ३२ प्रतिशत माथि रहेको छ।

बुकबिल्डिङबाट आईपीओ ल्याउदै नर्भिक अस्पताल, संस्थागत लगानीकर्तासँग थाल्यो छलफल

गत वर्ष यस्तो मार्जिन २६.६९, २०२४ मा २३.६६ र २०२३ मा २२.१५ प्रतिशत थियो। नौ महिनामा ओपीडी र आईपीडीमा आउने बिरामीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ८.९ र ४.६५ प्रतिशत वृद्धि भई एक लाख २७ हजार ४७३ र छ हजार ५९४ पुगेको छ।

बिरामीको आगमनमा देखिएको निरन्तर सुधार तथा राम्रो आम्दानी प्राप्तिले सञ्चालन आय र नाफामा स्थिर वृद्धि गर्न सघाउ पुर्‍याएको अस्पतालले जनाएको छ।

नर्भिक विभिन्न चिकित्सा तथा शल्यक्रियासम्बन्धी क्षेत्रहरूमा सेवा प्रदान गर्ने बहुविशेषज्ञतायुक्त अस्पताल हो। एकीकृत सेवा सुविधाहरूका कारण नर्भिकको आम्दानीको स्रोत राम्रोसँग विविधीकरण भएको छ।

साढे दुई अर्ब लगानीमा क्षमता बढाउँदै नर्भिक अस्पताल, आईपीओ जारी गर्ने

यसमा मुटुरोग, इनभिट्रो फर्टिलाइजेसन, स्नायु विज्ञान, ग्यास्ट्रोएन्टेरोलोजी, हाडजोर्नी तथा नसा रोग, सघन उपचार, मिर्गौला रोग र क्यान्सर रोगलगायतका विभिन्न सेवाहरू समावेश छन्।

बुकबिल्डङमा आईपीओ ल्याउने

नर्भिकले बुकबिल्डिङ विधिबाट साधारण सेयर (आईपीओ) ल्याउने तयारी पनि गरेको छ। बीएलसी ग्लोबल होल्डिङले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल अस्पतालले २५ लाख कित्ता आईपीओ ल्याउन लागेको हो।

आईपीओ निष्काशन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।

नर्भिकले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन गर्ने

४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने

प्रकाशित: २०८३ साउन १७ गते आईतबार ०७:३४
प्रतिक्रिया

थप समाचार

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश...

वीर अस्पतालमा अनधिकृत छाया निर्देशकको आतंक! प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी

काठमाडौँ: देशकै प्राचीन र विराट वीर अस्पतालमा अनधिकृत छाया निर्देशको आतंक फैलिएको भन्दै प्रधानमन्त्री कार्यालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन्। डा. दीपक कुमार मिश्रले...

सरकारी अस्पतालमा सेवा लिनै सास्ती! अस्पतालमा बिरामीको भीड [तस्बिर]

पछिल्लो समय सरकारी अस्पतालमा सेवा लिनै सेवाग्राहीले सास्ती बेहोरिरहेका छन्। यही समस्या चितवनको भरतपुर अस्पतालमा पनि देखिएको छ। चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द...

भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव, म्याट्रेसमा राखेर सेवा दिइँदै

चितवन: भरतपुर अस्पतालमा प्रसूति शय्याको अभाव भएपछि सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नुपरेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना