२०८३ साउन १३ गते बुधबार

४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ६
news

काठमाडौँ- बीएलसी होल्डिङसले काठमाडौँको थापाथलीमा सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ। बुधबार बसेको नर्भिकको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

नर्भिकले ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत कर तिर्ने प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो। गत वर्ष नर्भिकले सेयरधनीलाई २२.१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिएको थियो। यो वर्ष हस्पिटलले चुक्ता पुँजी बढाउन बोनस सेयर दिने भएको हो।

लाभांश दिने प्रस्ताव पारित गर्न हस्पिटलले यही भदौ २९ गते साधारणसभा बोलाएको छ। सभाबाट पारित भएपछि बोनस सेयर वितरण हुनेछ। सभाले जारी पुँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने नर्भिक व्यवस्थापनले जनाएको छ। आईपीओ जारी गर्नका लागि २०२१ जुलाई १७ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ।

नर्भिकको बलियो ब्रान्ड छवि छ। स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने आफूहरू देशकै पहिलो अस्पताल रहेको नर्भिकको दाबी छ। अस्पतालमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ), न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलजी, अर्थोपेडिक्स, क्रिटिकल केयर, नेफ्रोलोजी र ओन्कोलोजीलगायत सुविधा छन्।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहित नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट यो अस्पतालको जग बसाएका थिए। ‘मल्टी स्पेसियालिटी’ हस्पिटल बनेको नर्भिकले अहिले ११५ बेडबाट सेवा दिँदै आएको छ।

साढे दुई अर्ब लगानीमा क्षमता विस्तार
नर्भिक इन्टरनेसनलले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानीमा सेवा विस्तार गरिरहेको छ। सन् २०२३ देखि नयाँ भवनको निर्माण कार्य जारी छ, जसमा २१ प्रतिशत स्वपुँजी र ७९ प्रतिशत बैंकको ऋण लगानी छ। नर्भिकले ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) र बैंकको ऋण १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ। निकट भविष्यमा नै नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्‍याउने भएको छ।

नर्भिककले ओपीडी र आईपीडीका लागि क्षमता विस्तार थालेको हो। पूर्व घोषणाअनुसार नर्भिकले अहिलेको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुने नर्भिकले जनाएको छ। कूल १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ। नर्भिकमा बिएलसी होल्डिङको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत वसन्त चौधरीको स्वामित्व छ।

पछिल्लो समय अस्पतालमा निजी लगानी बढ्दै गएको छ। अर्बौं रुपैयाँ लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको अस्पताल सञ्चालनमा आउँदैछन्। अस्पतालहरू धितोपत्र बजारमा पनि जान थालेका छन्। यसअघि ह्याम्स हस्पिटलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

प्रकाशित: २०८२ भदौ ६ गते शुक्रबार ०९:१२
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना