२०८३ कार्तिक १२ गते बुधबार

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
549175ed-5add-42eb-8137-255cce503fad (1)

काठमाडौँ: नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र सूचनाप्रविधिको तिव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले नयाँ पाठ्यक्रम संचालनमा ल्याएको हो।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयबाट समकक्षतासहित ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम संचालमा आएको फाउण्डेशनका अध्यक्ष इन्जिनियर. पंकज जालानले जानकारी दिए। ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रमका लागि फाउण्डेशनले डीएलए कन्सल्टिङसंग सहकार्य गरेको छ।

नयाँ पाठ्यक्रमको शुभारम्भ कार्यक्रममा फाउण्डेशनका अध्यक्ष इन्जिनियर जालानले एआई भविष्यको प्रविधि मात्र नभई बैंकिङ, व्यापार, व्यवस्थापन, डाटा विश्लेषण, रिपोर्ट निर्माण र दैनिक कार्यालयका कामसम्म अत्यावश्यक भइसकेको बताए।

उनले भने, ‘केही वर्षअघिसम्म मानिसले घण्टौँ लगाएर गर्ने काम अहिले एआईले केही मिनेटमै गर्न थालेको छ। यही परिवर्तनसँगै नेपालमा पनि एआईलाई टुल चलाउने प्रविधिका रुपमा होइन, शिक्षा, व्यवसाय र व्यवस्थापनसँग जोडेर पाठ्यक्रम विकास गर्न लागिएको हो।’

अध्यक्ष जलानका अनुसार यो कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल एआई सफ्टवेयर वा टुल बनाउने प्राविधिक ज्ञान दिनु मात्र होइन, बजारमा उपलब्ध एआई टुललाई वास्तविक जीवन र व्यवसायमा कसरी प्रयोग गर्ने भन्ने सिकाउनु पनि हो।
नयाँ पाठ्यक्रम शुभारम्भ कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले सूचना प्रविधिको विकास तथा एआईको वर्तमान र आगामी भविश्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

लर्डबुद्धले भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारी समेत गरेको छ। विदेशबाट एआई सर्भर नेपाल भित्र्याउने तयारी समेत भएको फाउण्डेशनले जनाएको छ। लर्ड बुद्धका लागि एआई ल्याब केवल एउटा कोठामा राखिने सर्भर वा नयाँ उपकरण मात्र नभई, एआई शिक्षालाई व्यवहारमा उतार्ने मुख्य आधार बन्ने अपेक्षा गरिएको छ।

भौतिक ल्याब बनाएर विद्यार्थीलाई कम खर्चमा प्रत्यक्ष अभ्यास गर्ने अवसर दिन लागिएको फाउण्डेशनले जनाएको छ। आफ्नै सर्भरमा एआईसम्बन्धी प्रयोग, परीक्षण र सिकाइ गर्न पाउने भएपछि विद्यार्थीले किताब वा भिडियोमा मात्र सीमित नभई प्रविधिलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर पाउनेछन्। यससँगै विद्यार्थीले ११ वटा अन्तर्राष्ट्रिय अनलाइन ल्याब, रिसर्च पेपर, जर्नल र पुस्तकहरुको पहुँचसमेत पाउनेछन्।

कार्यक्रममा डिएलए कन्सल्टिङका संस्थापक अध्यक्ष सुमन न्यौपानेले कृत्रिम बुद्धिमता सूचन प्रविधिको एउटा अंग मात्र नभई हरेक संस्थाको रणनीतिक निर्णय प्रक्रीयाको अभिन्न अंग बनिसकेको बताए। न्यौपानले भने, ‘एआई सम्वन्धी अन्तराष्ट्रियस्तरको पाठ्यक्रमलाई काठमाडौं ल्याएर हामीले केवल अर्को शैक्षिक डिग्री थपिरहेका छैनौं, बरु नेपालको भावी व्यावसायिक नेतृत्व निर्माण गर्ने नयाँ आधारशिला तयार गर्दैछौं।’ नेपालको सूचना प्रविधि अर्थतन्त्र विकासको सबैभन्दा महत्वपुर्ण अंग बनिसकेको न्यौपानेले बताए।

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०३:१७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना