२०८३ कार्तिक ११ गते मङ्गलबार

रम्भाका चौतारीमा सित्तैमा इन्टरनेट

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार ९
palpa rampur
Rff}tf/Ldf k7gkf7g /fdk'/, !) c;f]h . kfNkf /fdk'/ gu/kflnsf–!) l:yt efg'eQm dfWolds ljBfnosf ljBfyL{x? rf}tf/Ldf a;]/ k9b} . sf]/f]gfsf] sx/sf afah'b j}slNks lzIff lbg yflnPsf] 5 . t:jL/ M ;'zLnf /]UdL, /f;;

पाल्पा– पाल्पाको रम्भा गाउँपालिका–१ मा गर्मीका बेला वर, पीपल र स्वामी रोपिएका ठाउँमा शीतल खान आउने स्थानीयको बाक्लो भीड हुने गर्छ। चौतारीमा आएर गफिने स्थानीयलाई लक्षित गरेर वडा कार्यालयले इन्टरनेट सेवा सुरु गरेको छ। गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल, इन्टरनेट सुविधा दिन वडा कार्यालयले निःशुल्क सेवा सुरु गरेको हो।

सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन्। अहिले वडाका दुई वटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ।

इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट बुझाउने भने वार्षिक खर्च १३ हजार रहेको छ। विज्ञान र प्रविधि प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो। हावापानीबाट छेक्न राउटरलाई सुरक्षित पारिएको छ। वडा नम्बर १ मा रहेका २० वटा चौतारीमा आफ्नो कार्यकालभित्र इन्टरनेट सेवा प्रवाह गर्ने वडाध्यक्ष ईश्वर काफ्लेले बताए।

अहिले गर्मीको समय भएकाले दिउँसोमा चौतारीको शीतल छहारीमा धेरैको जमघट हुने, खेती लगाउने किसान पनि कामको बोझले थकित भएर थकान मेटाउने थलो, बाटो हिँड्ने बटुवा बस्ने ठाउँ भएकाले प्रविधि प्रयोग गरी नयाँ–नयाँ कुरा खोज अनुसन्धान र ग्रहण गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको वडाध्यक्ष काफ्लेको भनाइ छ।

‘विज्ञान र प्रविधिको युगमा इमेल इन्टरनेटबाट धेरै ज्ञान सीप सिक्न पाइने हँदा घरमा मात्र नभई घर बाहिर निस्कदा, बाटो हिँड्दा, मेलापात गर्दा इन्टरनेटको पहुँच भएपछि जुनसुकै समय पनि स्थानीयले मोबाइलमार्फत खोजी, अध्ययन गर्न सक्नेछन्’, उनले भने। सेवा सुरु भएपछि बूढाबूढी, तन्नेरी तथा फुर्सदिला नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै इन्टरनेटको प्रयोग गरिरहेका छन्।

गर्मीमा शीतल छहारीमा बसेर इन्टरनेटका माध्यमबाट नयाँ कुराको जानकारी, आफन्त, साथीभाइसँगको कुराकानी, आफूलाई चाहिने सामग्री गुगलमा खोजेर अध्ययन गर्न धेरै सहज भएको स्थानीय हरिकुमारी न्यौपाने बताउँछिन्। दिनभर चौतारीमा बसेर समय बिताउने स्थानीय हिजोआज मोबाइलको माध्यमबाट नयाँ कुरा सिक्न थालेका छन्।

प्रकाशित: २०८० असार ९ गते शनिवार ०७:३५
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना