काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समिति बैठक बस्दै छ। आइतरबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो।
प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने विधान अधिवेशन बैठकमा प्रस्तुत हुने मस्यौदा विधानलाई अनुमोदन गर्न आजको बैठक बस्न लागेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।
बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ। भोलिको बैठकमा केन्द्रीय कमिटीका ४१० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन, प्रवाससमेत गरी करिब ८०० प्रतिनिधि सहभागी हुँदै छन्।
विधान अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन्।


