२०८३ कार्तिक ११ गते मङ्गलबार

यती डिष्टिलरीले १ वर्षमा बेच्यो पौने ६ अर्बको रक्सी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
vodka_od_alchohal

काठमाडौँ: यती डिष्टिलरी प्रालिले एक वर्षमा पौने छ अर्ब रुपैयाँ हारहारीमा मदिरा व्यापार गरेको छ। यतीले यो वर्ष ओल्ड दरबार, ओल्ड दरबार चिम्नी र ८८४८ भोडका बेचेर ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

कूल आम्दानीमा तीन ब्राण्डको हिस्सा ९१ प्रतिशत रहेको यती डिष्टिलरीले जनाएको छ। यसबाहेक यतीले जीनलगायत अन्य कम गुणस्तरको ह्विस्की उत्पादन गरिरहेको छ। २५ देखि ३० युपी बाहेक ७० युपीको हिस्सा ९ प्रतिशत मात्र छ।

सन् २०२५ मा यतीले ५ अर्ब ९१ करोड ८० लाख, २०२४ मा ४ अर्ब ७३ करोड, २०२३ मा ५ अर्ब १७ करोड र २०२२ मा ५ अर्ब ७२ करोड रुपैयाँबराबरको विभिन्न ब्राण्डको मदिरा व्यापार गरेको सार्वजनिक गरेका वित्तीय विवरणमा उल्लेख छ।

यतीले आर्थिक वर्ष २०२५ मा बिक्री वृद्धि र नाफा आर्जन गर्ने क्षमतामा सुधार भएको जनाएको छ। जसमा उत्पादनको मूल्य समायोजनले पनि आंशिक रूपमा सहयोग पुर्याएको छ।

यस अवधिमा सञ्चालन नाफा मार्जिन करिब २८ प्रतिशत (आर्थिक वर्ष २०२४ मा करिब २२ प्रतिशत) रहेको थियो। आर्थिक वर्ष २०२६ मा यो अझ सुधार भई करिब ३० प्रतिशत पुगेको उद्योगले जनाएको छ। यद्यपि,यस वर्ष कम्पनीको कुल आम्दानी भने लगभग स्थिर नै रहेको छ।

हालका वर्षहरूमा कम्पनीको लाभांश वितरणमा कमी आएको छ। आर्थिक वर्ष २०२३ को नाफाबाट १६८ प्रतिशत वितरण गरिएको थियो।

आर्थिक वर्ष २०२४ र २०२५ को नाफाको औसतमा करिब ४३ प्रतिशत मात्र लाभांश स्वरूप वितरण गरिएको थियो। जसले कम्पनीको तरलता स्थिति सुदृढ पार्न सकारात्मक भूमिका खेलेको छ। मध्यम अवधिमा नाफाको मार्जिन र राजस्व वृद्धिदरमा खासै परिवर्तन नआउने तथा लाभांश वितरण दर करिब ६० देखि ६५ प्रतिशतन रहने अनुमान गरिएको छ।

उद्योगको मदिरा उत्पादन क्षमता दैनिक नौ हजार केस छ।

स्वदेशी ह्विस्की र भोड्काको बजारमा यतीको बलियो उपस्थिति छ। यो मुलुकको ठूलो मदिरा उद्योगहरू मध्ये एक हो। यतीमा रवि केसी र अभिषेक श्रेष्ठको आधा–आधा हिस्सा रहेको छ। कम्पनीको उत्पादनहरू तयार पार्न पाँचवटा प्रशोधन लाइनहरू सञ्चालनमा छन्।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०२:४३
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना